काठमाडौ – एन आई सी एशिया क्यापिटल लिमिटेडको बुधबार सम्पन्न छैठौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशतका दरले हुन आउने ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आ.व. २०७८/०७९ मा रु.१२ करोड ८ लाख खुद नाफा आर्जन गरी प्रति शेयर आम्दानी ६०.३९ कायम गरी संचालनमा रहेका मर्चेण्ट बैंकहरु मध्ये खुद नाफाको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar