• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १७, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

३ दिन अघि
२

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

३ दिन अघि
३

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

४ दिन अघि
४

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

४ दिन अघि
५

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

४ दिन अघि
६

पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

४ दिन अघि
७

नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

४ दिन अघि
८

युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

५ दिन अघि
९

जाजरकोटमा भूकम्पको धक्का महसुस

५ दिन अघि
१०

सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

५ दिन अघि
११

पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस

५ दिन अघि
१२

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता घोषणा हुँदै

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • Prakash Jwala news १

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ महिना अघि
  • rajendra sir photo २

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • deuba and janardan ३

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ हफ्ता अघि
  • United Cement ४

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ५ दिन अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ दिन अघि
  • hariharpur gadhi ६

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ७

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ६ दिन अघि
  • anema sangh ८

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ हफ्ता अघि
  • samsad abarod ९

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ४ दिन अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ५ दिन अघि
  • prev
    next

    बहुमतका आधारमा नागरिकता विधेयक पास गराई राष्ट्रपतिको मानमर्दन गरियो : केपी ओली

    न्युज डेस्कप्रकाशित मिति: २०७९ भाद्र ९, बिहिबार (२ साल अघि)
  • ९०८ पाठक संख्या
  • kp oli fayer

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक बहुमतका आधारमा जबरजस्ती पास गराई सरकारले राष्ट्रपतिको मानमर्दन गरेको बताएका छन्।

    बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा ओलीले राष्ट्रिय सहमतिका आधारमा नागरिकता विधेयक पास गराउनुपर्नेमा राष्ट्रपतिलाई नै विवादमा तान्नेगरी विधेयक पास गराएको भन्दै आपत्ति जनाए। ‘राष्ट्रपति कोही पार्टी वा व्यक्ति विशेषको हुन्न। हिजो पनि हामीले राष्ट्रपतिको मानसम्मान गरेका थियौं तर आज बहुमतका आधारमा जे गरिँदैछ, त्यो बेठिक छ। त्यसलाई सच्याउनु आवश्यक छ,’ ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो।

    प्रधानमन्त्री देउवाले मंगलबार साँझ ओलीसँग टेलिफोनमा कुराकानी गरेपछि बुधबार भेटघाट गर्ने वातावरण मिलेको थियो। देउवाले नै भेटघाटका लागि आग्रह गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली दुई उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। भेटघाटका क्रममा ओलीले देउवासँग राष्ट्रपतिद्वारा विधेयक फिर्ता गरिएपछि कम्तीमा राष्ट्रिय सहमति खोज्ने पहल नगरेको भन्दै सरकारप्रति गुनासो गरेका थिए।

    ओलीले संघीय संसद्को निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा चुनाव निष्पक्ष हुने आधार तयार गर्न प्रधानमन्त्री देउवासमक्ष आग्रह पनि गरे। उनले स्थानीय तहको निर्वाचन निष्पक्ष हुन नसकेको जिकिर गर्दै त्यसको उदाहरणका लागि बझाङको बुढीगंगा नगरपालिका नै काफी रहेको बताएका थिए। ओलीले संक्रमणकालीन न्यायनिरूपणका लागि ल्याइएको विधेयकमा पनि प्रमुख प्रतिपक्षीलाई बेवास्ता गरिएको र संसद्को अवधि धेरै समय बाँकी नहुँदा विधेयकहरू अघि बढाएर हतारमा काम गर्न खोजेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

    भेटघाटमा सहभागी एमाले उपाध्यक्ष पौडेलका अनुसार संक्रमणकालीन न्यायनिरूपणको विधेयक अघि बढाउँदा सरकार पीडितमैत्री नबनेको र त्यसबाट सबै पक्षले न्याय पाउने विषयमा आशंका उत्पन्न भएको विषयमा कुराकानी भएको थियो। ‘भेटघाटका क्रममा चारवटा सवाल उठेका थिए, नागरिकता विधेयक, संक्रमणकालीन न्याय निरूपणसम्बन्धी विधेयक, प्रतिपक्षीलाई गर्न खोजिएको निषेध र राष्ट्रपति संस्थामाथि प्रहारको प्रयासबारे कुराकानी भयो,’ उनले भने। भेटमा अध्यक्ष ओलीले संसद् चल्न नसक्ने अवस्थामा पनि सरकारले हतारमा विधेयकहरू ल्याउने र संसद्बाट बलमिच्याइँ गर्ने काम राज्यकै हितविपरीत हुने धारणासमेत राखेका थिए।

    ओलीले अहिलेको गठबन्धन संविधान र कानुनअनुसार बेठीक भएको समेत बताएका थिए। ‘गठबन्धनका तर्फबाट मंसिर ४ गते एमालेलाई घेराबन्दी गर्दा प्रतिगमन हुँदैन होला, निर्वाचन सम्पन्न गर्दा प्रतिगमन नहुने होला, होइन ?’ भन्दै ओलीले प्रधानमन्त्रीलाई व्यंग्य पनि गरेका थिए।

  • subhayug
  • अध्यक्ष
  • केपी शर्मा ओली
  • नागरिकता विधेयक
  • नेकपा एमाले
  • प्रधानमन्त्री
  • प्रमुख प्रतिपक्षी दल
  • शेरबहादुर देउवा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

  • युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

  • प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

  • नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ


  • समाचार
  • १

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट
    ३ दिन अघि

  • २

    युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
    ३ दिन अघि

  • ३

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
    ४ दिन अघि

  • ४

    नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ
    ४ दिन अघि

  • ५

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान
    ४ दिन अघि

  • ६

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प
    ४ दिन अघि

  • ७

    नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु
    ४ दिन अघि

  • ८

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम
    ५ दिन अघि

  • ९

    जाजरकोटमा भूकम्पको धक्का महसुस
    ५ दिन अघि

  • १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ५ दिन अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution