काठमाडौं – उपचारका लागि त्रि.वि शिक्षण अस्पताल महाराजगन्ज लैजाँदा भागेका एक कैदी बिहीबारआज बिहानै पक्राउ परेका छन् ।
ललितपुर स्थीत् नख्खु कारागारबाट उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल ल्याइएका कैदी रामेछापको ताक्लुङका भोला बुढाथोकी बुधबार अपराह्न सवा चार बजे अस्पतालबाटै फरार भएका थिए । बिहीबार बिहान ७ बजे लुभु बसपार्कबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुढाथोकी कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी हुन् । उनी नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु ललितपुर कारागारमा सुरक्षाका लागि खटिएका प्रहरीसँग अस्पतालमा उपचारका लागि बुधबार महाराजगन्ज गएका थिए । उनी भागेपछि प्रहरीले खोजी कार्य थालेको थियो । पक्राउ परेका बुढाथोकीलाई अहिले ललितपुर प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar