काठमाडौं – नेपाल धितोपत्र बोर्डले कुमारी बैंक लिमिटेडलाई १० वर्षे अवधिको ऋणपत्र निष्कासन अनुमति दिएको छ ।
बोर्डले वार्षिक ११ प्रतिशत ब्याजदरको ११ प्रतिशत केवीएल डिवेन्चर २०८९ नामक ऋणपत्र निष्कासन गर्न भदौ १ मा अनुमति दिएको हो ।बैंकले एक हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्रको निष्कासन गर्न बोर्डमा आवेदन दिएको थियो । जसमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । त्यसैगरी १२ लाख कित्ता ऋणपत्र भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने गरिने बताइएको छ ।
उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सार्वसाधारणका लागि निष्कासन गरिने १२ लाख कित्ता ऋणपत्रमध्ये सामूहिक लगानी कोषलाई छुट्ट्याएको ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्रको लागि ३ वटा सामूहिक लगानी कोषबाट ९५ हजार कित्ताका लागि आवेदन प्राप्त भएको र समानुपातिक आधारमा बाँडफाँट गरएको बैंकले जनाएको छ ।
हाल बैंकले १९७ शाखा कार्यालय, १९१ एटीएम, ४९ शाखारहित बैंकिङ इकाइ तथा २६ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै अएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar