काठमाडौं – फेसबुक ह्याक गरेर पैसा ठगी गर्ने एक युवक प्रहरीको फन्दामा परेका छन्।
नेपाल प्रहरीको साइबर व्युरोले फेसबुक ह्याक गरेर पैसा ठगी गरेको आरोपमा मोरङ पथरीका २० वर्षीय किरण पाठकलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार किरणले १८ जनाको फेसबुक ह्याक गरी विभिन्न बहाना पैसा ठगी गरेका थिए। पीडितको उजुरको आधारमा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक एवं प्रवक्ता पशुपति कुमार रायले जानकारी दिए।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई मोरङ प्रहरीको आवश्यक समन्वयमा उनी पक्राउ परेका हुन्। मंगलबार पक्राउ परेका उनलाई म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar