• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २३, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मधेश प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

३४ मिनेट अघि
२

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

५६ मिनेट अघि
३

अर्जुन पोखरेलको ‘आमा’ सार्वजनिक

१ घण्टा अघि
४

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

१ घण्टा अघि
५

सिटिजन्स बैंकले सुरु गर्यो र्यापिड एपिआई बैंकिङ

१ घण्टा अघि
६

अमेरिकाले खारेज गर्याे नेपाललाई दिँदै आएको टीपीएस सुविधा

१ घण्टा अघि
७

नेपाली फिल्मको भीपीसी शुल्क २५ प्रतिशत घटाउने सहमति

१८ घण्टा अघि
८

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२१ घण्टा अघि
९

एसियन कप तयारीमा नेपाल हङकङसँग भिड्दै

२३ घण्टा अघि
१०

नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

२३ घण्टा अघि
११

बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

२३ घण्टा अघि
१२

अब घरजग्गा कारोबारमा थप कडाइ

२३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra sir photo १

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • deuba and janardan २

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ हफ्ता अघि
  • gs moters ३

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ हफ्ता अघि
  • United Cement ४

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    १ हफ्ता अघि
  • hariharpur gadhi ५

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    १ हफ्ता अघि
  • samsad abarod ७

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    १ हफ्ता अघि
  • anema sangh ८

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    १ हफ्ता अघि
  • prithvi highway pul १०

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

    १ हफ्ता अघि
  • prev
    next

    निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरू स्पष्टीकरणका लागी लाम लाग्दै

    न्युज डेस्कप्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (२ साल अघि)
  • ७७८ पाठक संख्या
  • saptari nirwachan

    सप्तरी – निर्वाचन अयोगलाई अटेर गरी निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरू स्पष्टीकरण दिनका लागी भने लाम लाग्ने गरेका छन् ।

    खर्च नदेखाउनेलाई निर्वाचन आयोगले कारबाही प्रक्रिया थाल्दै साउन ३१ गते स्पष्टीकरण सोधेपछि जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा अहिले दैनिक रुपमा भीड लाग्ने गरेको हो। सप्तरीको कञ्चनरूपका मेयर ललनप्रसाद गुप्ता, डाक्नेश्वरीका मेयर रामलखन मुखिया, शम्भुनाथका मेयर जितेन्द्रप्रसाद गुप्ताले सोमबार स्पष्टीकरण बुझाएका छन्। सप्तकोसीका मेयर कृष्णप्रसाद ढकाल र रूपनीका अध्यक्ष दिनेशकुमार यादवले मंगलबार अन्तिम दिन जसरी पनि स्पष्टीकरण बुझाउने प्रतिबद्धता जनाएका छन्।

    निर्वाचन अधिकारी रमेशकुमार जोशी बेलुका ७ बजेसम्म पनि  स्पष्टीकरणका पत्र मिलाउँदै थिए। ‘३ सय ७ जनाले बुझाए। खर्च विवरण बुझाउनेभन्दा स्पष्टीकरण बुझाउने बढी हुने देखियो’, जोशीले भने। जिल्ला निर्वाचन कार्यालय सप्तरीले भदौ १ गते सात दिनभित्र स्पष्टीकरण दिन पत्राचार गरेको थियो। कञ्चनरूप–६ का वडाध्यक्ष बच्चुलाल चौधरीले खर्च विवरण बुझाएको तर बिल भौचर संलग्न नभएका कारण निर्वाचन कार्यालयले नगरपालिका कार्यालयमा फिर्ता पठाएकोबारे कर्मचारीबाट जानकारी नै नभएको बताए।

    जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारीअनुसार ५ हजार ५१ जनाले खर्चको विवरण नै बुझाएनन्। विवरण बुझाउनेको संख्या ४ सय ८४ जना मात्र छ। त्यसमा पनि समयभित्र बुझाउने त २ सय ४६ जना मात्र छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा जिल्लामा कुल ८ सय ५६ पदका लागि ५ हजार ५ सय ३५ जनाले प्रतिस्पर्धा गरेका थिए। निर्वाचित ८ सय ५६ जनप्रतिनिधिमध्ये १ सय ६८ जनाले र निर्वाचित नभएकामध्ये ३ सय १६ जना विवरण बुझाएका हुन्।

    ‘ऐनले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण तोकिएको ढाँचामा पेस गर्नुपर्ने भनेको छ’, जोशीले भने, ‘पटक–पटक सूचना जारी गरे पनि ३ सय ४१ पुरुष र १ सय ४३ महिला उम्मेदवारले मात्र विवरण बुझाए। दुई पालिकाका कसैले बुझाएनन् तथ्यांकअनुसार १२ वडा रहेको कञ्चनरूप र ११ वडा रहेको सप्तकोसी नगरपालिकाका कुनै पनि उम्मेदवारले विवरण बुझाएनन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सरोज मेहताका अनुसार कञ्चनरूपमा ३ सय ४३ र सप्तकोशीमा २ सय ५५ जनाले उम्मेदवारी दिएका थिए।

    पाँच वडा रहेको तिरहुत गाउँपालिकाका पराजित एक अध्यक्षका उम्मेदवारले मात्र विवरण बुझाए। उक्त गाउँपालिकामा १ सय ८६ जनाको उम्मेदवारी परेको थियो। ११ वडा रहेको सुरुंगा नगरपालिकामा ३ सय २३ जनाले उम्मेदवारी दिएका थिए। तीन जनाले विवरण बुझाए। बलानबिहुल गाउँपालिकामा ६ वडा छन्। त्यहाँ १ सय ९३ उम्मेदवार बनेकामा तीन जनाले मात्र विवरण बुझाए। निर्वाचन कार्यालयको तथ्यांकअनुसार राजविराज, शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा निर्वाचित मेयर र उपमेयर दुवैले खर्च विवरण बुझाएनन्। रूपनी, बलानबिहुल, तिरहुत र अग्निसाइर कष्णसवरन गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पनि विवरण नबुझाएको कार्यालयको तथ्यांकले देखाउँछ। हनुमाननगर कंकालिनीका मेयर, छिन्नमस्ताका अध्यक्ष, खडकका उपमेयर, राजगढ र विष्णुपुरका उपाध्यक्षले पनि विवरण नबुझाएको तथ्यांकमा देखिन्छ।

     कुन पालिकाका कतिले बुझाए ?    

    खर्च विवरण देखाउने उम्मेदवारमा राजविराजका १ सय १, बोदे बर्साइनका ७५, छिन्नमस्ताका ६१, हनुमाननगर कंकालिनीका ५१ र राजगढका ४६ जना छन्। महादेवाका ४२, तिलाठी कोइलाडीका ३८, डाँक्नेश्वरीका १९, विष्णुपुरका १८ उम्मेदवारले खर्च विवरण बुझाएका छन्। यस्तै, खडकका ९, शम्भुनाथ र रूपनीका ६÷६, अग्निसाइर कृष्णसवरनका ५, सुरुंगा र बलान बिहुलका ३÷३ तथा तिरहुतका १ जना छन्।

    निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा १ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार उम्मेदवारले खर्चको विवरण परिणाम घोषणा भएको मितिले ३० दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ। सजिलोका लागि दल, उम्मेदवारबाहेक तिनका प्रतिनिधिले समेत आयोगले तोकेको कार्यालय अर्थात् जिल्ला वा प्रदेश निर्वाचन कार्यालयसमक्ष विवरण बुझाउन सक्ने व्यवस्था छ। तर, कानुनबमोजिम विवरण नबुझाउनेको संख्या १ लाख २३ हजार ७ सय ८३ रहेको आयोगको तथ्यांक छ।

    निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को दफा १ मा अधिकतम हदभन्दा बढी खर्च गर्ने वा तोकिएको अवधिमा खर्च विवरण पेस नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोहीबराबरको रकम जरिवाना गर्न सक्ने व्यवस्था छ।

    सोही दफाको उपदफा २ मा कुनै राजनीतिक दल वा उम्मेदवारले निर्वाचन खर्चको विवरण पेस नगरेमा वा त्यही पेस भएको विवरणमा लेखापरीक्षण हुँदा लेखापरीक्षकको प्रतिवेदनका आधारमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानुनी प्रयोजनका लागि गैरकानुनी तवरले खर्च गरेको देखिएमा आयोगले त्यस्तो राजनीतिक दल वा उम्मेदवारलाई त्यही गरेको खर्च बराबरको रकम वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सोबराबरको रकम जरिवाना गर्न सक्ने भनिएको छ।

    सोही दफाको उपदफा ३ मा भने जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुुन अयोग्य घोषित गर्न सक्ने व्यवस्था छ। उपदफा ५ मा आयोगले उपदफा ३ बमोजिम निर्णय गरेकोमा त्यस्तो व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः बदर हुने व्यवस्था छ। आयोगले तोकिएको समयमा खर्च बिबरण बुुझाए नबुुझाएको यकिन गरी आवश्यक कारवाहीको लागि सिफारिससहित लेखी पठाउन निर्देशन जारी गरेपछि निर्वाचन कार्यालयले प्राप्त खर्च विवरणको प्रतिवेदन पठाएको छ। आयोगले नगरपालिकाका प्रमुख/उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार रुपैयाँ र गाउँपालिका अध्यक्ष/उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने गरी रकम निर्धारण गरेको छ।

  • subhayug
  • निर्वाचन अयोग
  • निर्वाचन खर्च विवरण
  • स्पष्टीकरण
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मधेश प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

  • अर्जुन पोखरेलको ‘आमा’ सार्वजनिक

  • आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै


  • समाचार
  • १

    मधेश प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
    ३४ मिनेट अघि

  • २

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    ५६ मिनेट अघि

  • ३

    अर्जुन पोखरेलको ‘आमा’ सार्वजनिक
    १ घण्टा अघि

  • ४

    आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
    १ घण्टा अघि

  • ५

    सिटिजन्स बैंकले सुरु गर्यो र्यापिड एपिआई बैंकिङ
    १ घण्टा अघि

  • ६

    अमेरिकाले खारेज गर्याे नेपाललाई दिँदै आएको टीपीएस सुविधा
    १ घण्टा अघि

  • ७

    नेपाली फिल्मको भीपीसी शुल्क २५ प्रतिशत घटाउने सहमति
    १८ घण्टा अघि

  • ८

    पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    २१ घण्टा अघि

  • ९

    एसियन कप तयारीमा नेपाल हङकङसँग भिड्दै
    २३ घण्टा अघि

  • १०

    नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त
    २३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाले खारेज गर्याे नेपाललाई दिँदै आएको टीपीएस सुविधा

    subhayug
    २

    १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

    subhayug
    ३

    दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्यूङ विजयी

    subhayug
    ४

    टर्कीमा शक्तिशाली भूकम्प

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution