काठमाडौ – गायक रामकृष्ण ढकाल क्यानडा पुगेका छन् ।
क्यानडामा हुने एक कार्यक्रममा सहभागी हुन गायक ढकाल क्यानडा पुगेका हुन् । आज शनिबार साझ क्यानडाको क्यालगरी शहरमा रामकृष्ण ढकाल साँझ हुँदैछ । आयोजक महागुरु फाल्गुनन्द इन्टरटेन्टमेन्टले एक सास्कृतुक कार्यक्रम गरि कार्यक्रमबाट उठेको रकम नेपालमा गरिव, असहायहरुलाई सहयोग गर्ने बताएको छ ।
क्यानडाको क्यालगरी शहरमा पहिलो पटक हुन लागेको रामकृष्ण ढकाल साँझ कार्यक्रम महागुरु फाल्गुनन्द इन्टरटेन्टमेन्टले आयोजना गरेको छ । कार्यक्रमका आयोजकका अनुसार कार्यक्रमबाट उठेको रकम नेपालमा गरिव, असहायहरुलाई सहयोग गर्ने बताइएको छ ।
महागुरु फाल्गुनन्द इन्टरटेन्टमेन्टका डाइरेक्टर राजेन्द्र चोङबाङका अनुसार सांगीतिक कार्यक्रमले नेपाली दर्शकहरुमा उत्साह भएको र आगामी दिनहरुमा यस्तै प्रकारको कार्यक्रमहरु हुनेछन् ।
रामकृष्ण ढकाल साँझमा क्यालगरीमा बस्ने नेपाली स्थानीय कलाकारहरुको पनि विशेष प्रस्तुति हुनेछ र कार्यक्रममा प्रस्तुति दिने सवै कलाकारहरुलाई सम्मान पत्र दिने बताइएको छ ।
आफ्नो सांगीतिक क्षेत्रको प्रारम्भिक कालमा निकै संघर्ष गरेर सफल गायक बनेका ढकाल आधुनिक गीत गाउँछन् । गायन क्षेत्रमा एउटा अवसर पाए पछि एउटा राम्रो नेपाली गायकको रूपमा स्थापित भएका हुन ।
केही हप्ता अघि क्यानडामा प्रमोद खरेल सांगीतिक साँझ कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा उल्लेखीय दर्शकहरुको सहभागिता रहेको सुमन अधिकारीले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar