काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताएका छन् ।
प्राधिकरणको ३७औँ वार्षिक उत्सवमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले प्राधिकरणलाई उत्कृष्ट बनाउने गरि काम गरिरहेको बताए । आर्थिक वर्ष २०७८/०७९ मा प्राधिकरणले १६ अर्ब १६ करोडभन्दा बढी नाफा कमाएको उनले बताए ।
प्राधिकरणको यो नाफा हालसम्मकै उच्च रहेको र आगामी दिन यो ग्राफ अझे बढ्ने उनको भनाइ छ । आर्थिक वर्ष २०७७–०७८ मा प्राधिकरणले ६ अर्ब १० करोड नाफा गरेको थियो । कार्यक्रममा उनले विद्युत उपभोग बढाउन विभिन्न अभियान चलाउने, विद्युत प्रधिकरणलाई डिजिटल बनाउने, देशभरका विभिन्न स्थानमा फस्ट चार्चिङ स्टेसन बनाउने घोषाणा पनि गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar