काठमाडौं – चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ ख का सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो । व्यवसायी पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो ।
उनलाई गोठाटारबाट पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ । पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । खड्काविरुद्ध पाण्डे आफैंले पहिले २५ लाख र हाल ९ लाख ५० हजार गरी कुल ३४ लाखको चेक बाउन्सको उजुरी प्रहरीमा दिएका थिए ।
काठमाडौं प्रहरीमा दिएको जाहेरीका आधारमा करिब ६ महिना अगाडि नै एउटा पक्राउ पूर्जी जारी भएको भएपनि राजनीतिक शक्तिका आडमा उनी पक्राउ परेका थिएनन् । खड्काले दिएको दोस्रो चेक भक्तपुर जिल्लामा रहेको शाखाबाट काटिएपछि उक्त पक्राउ पूर्जी भक्तपुरमा पठाइएको थियो ।
भक्तपुर प्रहरीले ९ लाख ५० हजार रुपैयाँको बैंकिङ कसुरको मुद्दामा पक्राउ पूर्जी प्राप्त भएकाले खड्कालाई पक्राउ गरिएको बताएको छ । सापटी, जग्गा खरिद, व्यवसाय आदि कामका लागि भन्दै रकम लिने र रकम फिर्ता गर्ने समयमा मिटरब्याजीको आरोपमा उजुरी दिन्छु भन्दै धम्क्याउँदै गरेको एक व्यवसायीले गुनासो गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar