नेदरल्याण्ड्सविरुद्धको पहिलो एक दिवसीय खेलमा पाकिस्तान १६ रनले विजयी भएको छ ।
३१५ रनको लक्ष्यसहित मैदान ओर्लेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९८ रन बनाएको थियो । नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डस ७१ रनमा अविजित रहे ।
त्यस्तै विक्रमाजित सिंह र टम कुपरले समान ६५–६५ रन बनाए । बलिङमा पाकिस्तानका हरिस रौफ र नसिम शाहले समान ३–३ विकेट लिए ।
यसअघि रोट्टेरड्याममा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली पाकिस्तानले फाकर जामनको शतकीय इनिंग्ससँगै निर्धारित ओभरमा ६ विकेटको नोक्सानिमा ३१४ रनको योगफल बनाएको थियो । जामन १०९ रनमा पेभेलिएन फर्के ।
त्यस्तै कप्तान बाबर आजमले ७४ रन जोड्दा सादब खान ४८ रनमा अविजित रहे । नेदरल्याण्ड्सका लोगान भान बिक र बास डी लिडेले समान २–२ विकेट हात पारे । जितसँगै ३ खेलको एक दिवसीय शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar