काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले खराब कर्जा नियन्त्रण गरेको देखिएको छ।
गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विवरणले बैंकहरु खराब कर्जा नियन्त्रणमा केन्द्रित भएको देखाएको हो। कोरोनाको प्रभाव लामो समय पर्ने र त्यसको लागि बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई समेत हानि गर्ने अनुमान थियो।
सोही कारण नेपाल राष्ट्र बैंकले लगातार दुई वर्षको मौद्रिक नीतिमा कोराना प्रभावितहरुलाई पुनर्कर्जा, कर्जाको पुनर्संरचनाजस्ता सुविधाहरु प्रदान गरेको थियो। तर चालू आर्थिक वर्षको मौद्रिक नीतिले भने त्यसलाई हटाइदिएको छ।
असार मसान्तसम्मको विवरणले राष्ट्र बैंकको सुविधाको कारण खराब कर्जालाई नियन्त्रणमा राखेको देखिएको हो। सामान्य अवस्थामा नाघेको ३ महिनापछि पनि ऋणीले बैंकबाट लिएको सावाँ, ब्याज तथा शुल्कसहित भुक्तानी उठ्न नसके त्यो कर्जा खराब कर्जाको रुपमा गणना हुन्छ।
त्यसका अलावा कर्जा लिने व्यक्ति वा संस्था टाट पल्टिएमा, हराएमा, कर्जा दुरुपयोग भएमा, लिलामी प्रक्रिया सुरु भएको १८० दिन नाघेमा वा असुली प्रक्रियाअन्तर्गत अदालतमा मुद्दा चलिरहेको, लक्षित व्यवसाय वा परियोजना सञ्चालन नभएको लगायतका अवस्थामा सम्बद्ध ऋणीले लिएको रकम खराब कर्जाको रुपमा गणना हुने व्यवस्था छ।
राष्ट्र बैंकको कोरोना प्रभावितलाई दिएको सुविधा खोसेपछि अब भने बैंकहरुलाई खराब कर्जा नियन्त्रणमा राख्नुपर्ने चुनौती देखिएको छ।
कुन वाणिज्य बैंकको कति छ खराब कर्जा?
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar