काठमाडौं – सेवाग्राहीसँग ६ लाख घुस मागेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल अख्तियारको फन्दामा परेका छन् ।
मन्त्रालयको नागरिक उड्डयन महाशाखाका उपसचिव नेपाललाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो । उनले प्याराग्लाईडिङ सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपाललाई सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्गस्थित अरण्य होटलको कम्पाउण्डबाट नियन्त्रणमा लिइएको हो । आयोगको टोलीले निजले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपैयाँसमेत फेला पारेको जनाइएको छ । उ
नको साथबाट बरामद भएको कुल २२ लाख ५० हजार रुपैयाँसहित उनीमाथि लागेको आरोपका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar