मुगु – सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ ।
सरकारले मुगुको लागि दिइएको ३ सय २० बोरा (१ सय ५९ क्विन्टल) अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाट गायब भएको हो । ढुवानीको जिम्मेवारी पाएको रारा छायाँनाथ एयर काग्रो एन्ड ढुवानी सेवाले ल्याएको २ हजार ७ सय क्विन्टलमध्ये १ सय ५९ क्विन्टल (३ सय २० बोरा) नुन गमगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको ठेकेदारको दाबी छ ।
आर्थिक वर्ष ०७८/७९ का लागि पहिलोपटक १ हजार ५ सय क्विन्टल र दोस्रोपटक १ हजार २ सय क्विन्टल गरी कुल २ हजार ७ सय क्विन्टल नुन नेपालगञ्जदेखि साल्ट ट्रेडिङ लिमिटेड डिपो कार्यालय मुगुलाई बुझाएको रारा छायांनाथ एयर कार्गो एन्ड ढुवानी सेवाका सञ्चालक रामचन्द्र भामले बताए । डिपो कार्यालय मुगुमा साल्ट ट्रेडिङलाई ठेकेदारको सम्झौता अनुसारको नुन पु¥याएको दाबी भामले गरेका छन् । मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीले नुन नआइपुगेको भन्दै मौज्दातमा नराखी १ सय ५९ क्विन्टल नुन बिक्री गरी गायब बनाइएको ठेकेदारको आरोप छ ।
हरेकपटक नुन ढुवानी गरेर गमगढी पु¥याएपछि प्रमुखलाई नुन बुझ्न खबर गर्दा डिपो प्रमुखले श्रीमती विद्या मल्ल कार्कीलाई पठाउने गरेको भामले बताए । उनले भने, ‘नुन श्रीमतीले होइन, डिपो प्रमुखले बुझ्नुपर्छ । चलानी बुझाइ अन्य कागजात माग्दा अर्को दिन दिन्छु भनी डिपो प्रमुख कार्कीले आलटाल गर्ने र अहिले अन्तिममा आएर नुन नै ठेकेदारले नल्याएको भनेर आपूm पन्छिन खोजेका छन् ।’
ठेकेदार भामले प्रमुखले एक लाख रुपैयाँ घुस खान खोजेको र आफूले दिन नमान्दा एक गाडी नुन नै गायब बनाइदिएको आरोप लगाए । प्रादेशिक कार्यालय नेपालगञ्ज साल्ट ट्रेडिङबाट गत चैत ८ गते नुन बोकेर मुगु हिँडेको भे १ ख ३६९० नम्बरको गाडी चैत १२ गते मुगुको भुलभुले चेक पोस्टमा सि.नं ३३ मा इन्ट्री दर्ता भएको थियो । त्यसपछि १३ गते आइतबार दिउँसो साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीकी श्रीमती विद्या मल्ल कार्कीलाई जिल्ला प्रशासन कार्यालय मुगुका प्रतिनिधिको रोहोबरमा बुझाएको ठेकेदारका प्रतिनिध पुलिनिन्द बुढाको भनाइ छ ।
साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीका अनुसार भने ठेकेदारले कार्यालयलाई नुन बुझाएका छैनन् । ठेकेदार भामले लगाएको सबै आरोप निराधार रहेको कार्कीको भनाइ छ । यस वर्ष मुगुको लागि २ हजार ७ सय क्विन्टल नुन आउनुपर्नेमा २ हजार ५ सय ४१ क्विन्टल मात्र ठेकेदारबाट बुझेको डिपो प्रमुख खगेन्द्र कार्कीले बताए । दुर्गम जिल्लातिर आउने नुन, चामल लगायतका खाद्यान्न प्रमुख जिल्ला अधिकारीको रोहबरमा प्रमाणित गर्नुपर्ने हुन्छ । सोही अनुरूप आपूm स्वयं गोदाममै पुगेर गन्ती गरी प्रमाणित गरेको जानकारी प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar