काठमाडौं – एनआईसी एशिया बैंकले अब सोझै मेसिनबाट नगद जम्मा गर्न सकिने गरी क्यास डिपोजिटको सेवा सुरु गरेको छ ।
यो सेवाले बैंकमै गएर फारम भरिवरि रकम रकम जम्मा गर्नुपर्ने झन्झट हटाइदिएको विज्ञप्तीमा उल्लेख छ । केबल खाता नम्बरको आधारमा ग्राहकले मेसिनबाट सोझै रकम जम्मा गर्न सक्नेछन् । ख्याल राख्नुपर्ने कुरा के हो भने ग्राहकले एक हजार र पाँच सय रुपैयाँका नोटहरू मात्रै मेसिनबाट जम्मा गर्न सक्नेछन् । एकजना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार ५ सय रुपैयाँ गरी दैनिक अधिकतम ९ लाख ९९ हजार ५ सय रुपैयाँसम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।
नगद जम्मा गर्न खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी आउँछ । उक्त ओटीपी मेसिनमा उल्लेख गरेर भेरिफाई भएपछि रकम जम्मा गर्ने प्रक्रिया सुरु हुन्छ । आफूले जम्मा गर्न चाहेको रकम उल्लेख गरेपछि मेसिनले सो रकम गनेर खातामा जम्मा गरिदिन्छ । बैंकले हाल यो सेवा न्यूरोड, बिशालबजार शाखामा मात्रै सञ्चालनमा ल्याएको र चाँडै अन्य शाखामा विस्तार गर्ने जनाएको छ । बैंकले रकम झिक्न र बचत गर्न सकिने क्यास रिसाइक्लर मेसिनको सेवा सुचारु गरिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar