काठमाडौं – सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अभिनेता केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
अभिनेता केसीसंगै अभिनेत्री श्वेता खड्का, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका थिए । अभिनेता केसी यसअघि एमालेमा संलग्न रहेपनि पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीले राजनितीमा बेईमानी गरेको भन्दै एमालेको राजनितीमा निष्क्रिय जस्तै थिए ।
उता गत स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारेपनि पछि अस्वीकार गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar