काठमाडौं – सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ ।
सम्झौतासँगै सनराइज बैंकका ग्राहकहरुले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानी, हवाईजहाजको टिकट लगायतका सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । साथै १ हजार ५०० भन्दा बढी मर्चेन्टहरुमा क्यूआर कोड मार्फत पनि भुक्तानी गर्न सक्नेछन् ।
क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड मार्फत भुक्तानी गर्दा पीओएसमा वा इकमर्समार्फत मात्र कारोबार गर्न सक्ने भएकोमा क्रेडिट कार्डलाई मोको एपमा लिंक गरेपश्चात क्यूआर कोड स्क्यान गरेर समेत भुक्तानी कारोबार गर्न सक्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar