कैलाली – मोहन्याल गाउँपालिकाका छैटौँ तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले क्षेत्रीलाई रु ३० हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियारको प्रारम्भिक जानकारीअनुसार घुससहित पक्राउ परेका बुढाले घोडाघोडी नगरपालिकास्थित होटेल नवरत्नबाट बीउबिजन सामग्रीको रकम भुक्तानीबाट गैरकानूनी कमिशन लिइरहेका थिए ।
अख्तियारले उक्त विषयमा गहन अनुसन्धान पनि अघि बढाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar