काठमाडौं – चालु आर्थिक वर्ष २०७८/७९ समाप्त हुन अन्तिम दुई दिन बाँकी रहँदा पूँजीगत खर्च बल्ल २ खर्ब नाघेको छ । जब की सरकारले यो वर्ष झण्डै ४ खर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य लिएको थियो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बिहीबारसम्म २ खर्ब ६ अर्ब ३६ करोड रुपैयाँ बराबरको पूँजीगत खर्च भएको छ । यो कुल लक्ष्यको ५४.५८ प्रतिशत मात्र हो । यस वर्ष सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।
सरकारले यस वर्ष पूँजीगत खर्चका लागि शुक्रबार र शनिबार मात्र भुक्तानी गर्न सक्छ । यस अनुसार पछिल्ला केही वर्षयता कै कम पूँजीगत खर्च हुने संकेत देखिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar