सानोतिनो वडाध्यक्ष होईन चड्काउने वडाध्यक्ष हुँ, बिचार गर.. !
धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नं. ८ का अध्यक्ष रामकृष्ण रेग्मीले मादक पदार्थ सेवन गरी डिउटीमा रहेका ट्राफिक प्रहरीमाथी दुव्र्यवहार गरेका छन् ।
वडाध्यक्ष रेग्मीले मादक पदार्थ सेवन गरी अस्वभाविक रुपमा मोटरसाईकल चलाएको गुनाशोपछी उनलाई नियन्त्रण गर्न पुगेको ट्राफिक प्रहरीमाथी दुव्र्यवहार गरेका हुन् । मदिराले लठ्ठीएका वडाध्यक्ष रेग्मीले प्रहरीसँग लफडा गरेको एक भिडियो नै अहिले सामाजिक संजालमा भाईरल भएको छ । प्राप्त भिडियोमा उनलाई नियन्त्रण गर्न पुगेको प्रहरीलाई समेत उनले पटक पटक हातपात प्रयास गरेको देखिएको छ । उनि मदिरा सेवन गरी सरकारी मोटरसाइल चलाएको अवस्थामा नागढुंगा मा भेटिएका थिए ।
प्रहरीसामु रेग्मीले असाधारण व्यवहार देखाएपछी प्रहरीले उनलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । प्रहरीले जबरजस्ती गरेपछि उनले विभिन्न शक्तिकेन्द्रलाई गुहारेको समेत भिडियोमै देख्न सकिन्छ । त्यस्तै रेग्मीले डिउटीमा रहेका ट्राफिक प्रहरीमाथी सवारी चेकजाँचमा समेत अवरोध गरेका छन् । भिडियोमा उनले एक व्यक्तिसंग मोवाईलमा कुरा गर्दै भनेका छन् ‘म अहिले नागढुगां काटेर पिपलामोडमा छु । मलाई ट्राफिकले दुख दिएको छ’
रेग्मीले आफु धुनिवेशी नगरपालिका वडा नं.८ को दोस्रो कार्यकालको अध्यक्षमा जनताले चुनाएर पठाएको भन्दै आफ्नो छुट्टै शक्ति भएको दाबीसमेत गरेका छन् । उनले आफु जनताको सेवक रहेको भन्दै आफुलाई ट्राफिक प्रहरीले फसाउन लागेको आरोपसमेत लगायका छन् । उनले भनेका छन् – ‘म जनताको असाध्यै राम्रो काम गर्ने मान्छे हुँ , मलाई प्रहरीले फसाउन खोजेको छ, मेरो पनी ठाँउमा मान्छे छन् , मेरा पनि प्रहरी होलान् ‘ त्यस्तै उनले धम्की दिँदै भनेका छन् – ‘म जस्तो मान्छेलाई त प्रहरीले चेकिङ गर्छ,रोक्छ भने सर्वसाधारणलाई त झन् के गर्ला ।’
रेग्मीले नशाको तालमा धम्की दिँदै गर्दा डिउटीमा रहेका सहायक ट्राफिक प्रहरी निरिक्षक (असै)ले भने उनलाई पटक पटक शान्त हुन भन्दै सम्झाउने कोसिस गरेका छन् । त्यस्तै प्रहरीले वडाध्यक्ष रेग्मीमाथी मादक पदार्थ सेवन गरे नगरेको चेकजाँच गर्न ‘फु गर्नुहोस्’ भनेका छन् तर रेग्मीले उल्टै अटेर गर्दै तथानाम गाली गर्दै प्रतिवाद गरिरहेका छन् । उनले डियुटीमा खटिएका प्रहरीमाथी हातपात गर्ने प्रयास समेत गरेको देखिन्छ । ट्राफिक असई शैलेन्द्र चौधरीलाई पड्काउने धम्की दिएको भिडियोमा प्रष्ट सुनिन्छ । रेग्मीले आफु धुनिवेशी नगरपालिका वडा नं. ८ को दोस्रो कार्यकालको अध्यक्षमा जनताले चुनाएर पठाएको भन्दै आफ्नो छुट्टै शक्ति भएको दाबी गरेका छन् ।
उता हातपातको जोखिम बढेपछी प्रहरीले पनि पटक पटक ‘तपाँईमाथी कारवाहि हुन्छ’ भनेको छ । यद्धपी रेग्मीले भने प्रहरीमाथी उल्टै ‘फोर्स बोलाउनुस कि पुलिस मलाई मतलव छैन, सानोतिनो वडाध्यक्ष होईन नी फेरी चड्काउने वडाध्यक्ष हुँ, बिचार गर्नुस’ भन्दै तथानाम धम्की दिएका छन् । उता रेग्मीले प्रहरीमाथी तथानाम गाली गलौज गर्दै हातपात गर्न खोजेपछी उनलाई अन्य सवारीचालकहरुले रोकेका छन् । उनीमाथी ‘जनप्रतिनिधीले मदिरा सेवन गरी सवारी चलाउन पाईन्छ, यसरी पावर देखायर शक्तिको दुरुपयोग गर्न पाईन्छ’ भन्दै प्रश्न गर्दा उनले अन्य सवारीचालकहरुमाथी समेत जाई लागेका छन् । उल्टै उनले ‘मलाई जेपायो त्यो आरोप लगाउने, मेरो लाईफ हुँदैन, जाँड खाँउ की जे खाँउ मैले मान्छे मारेको छु र, मलाई किन रोक्छस्’ भन्दै उनले त्यहाँ जम्मा भएकाहरु र ट्राफिक प्रहरीमाथी तथानाम गाली गलौज र धम्की दिईरहेको देखिन्छ ।
वडा अध्यक्ष रेग्मी काठमाण्डौंबाट धादिङ् आउने क्रममा पिपलामोडमा सवारी चेकिजाँचमा परेको बताईएको छ । रेग्मी बा २ ब ९४२३ नम्बरको सरकारी मोटरसाइलमा सवार थिए । उनले मदिराको तालमा अस्वभाविक रुपमा मोटरसाइल चलाएको हुनसक्ने भन्दै एक व्यक्तिले प्रहरीलाई सुचना दिएको थियो । उक्त सुचनापछी प्रहरीले उनलाई पिपलामोडमा रोकी मापसे चेकजाँच गर्न खोजेको थियो । तर रेग्मीले ट्राफिक प्रहरीलाई ब्रेथलाइजर नै लगाउन दिएका थिएनन् । त्यस्तै उनि त्यहाँबाट भागेका थिए । त्यसपछी प्रहरी टोलीले त्यसको केहिपर उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछी उनले प्रहरीमाथी तथानाम गाली गलौजसहित हातपातमा उत्रिएका थिए ।
नेकपा माओवादी केन्द्रको तर्फबाट धुनिवेशी नगरपालिका वडा नम्वर ८ का अध्यक्षमा निर्वाचित उनी यसअघि पनि वडाध्यक्ष थिए । उनले स्थानिय तहको निर्वाचनताका पनि दुई युवालाई आक्रमण गरेको स्थानियहरु बताँउछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar