बेनिघाट – नेपाली सेनाद्वारा निर्मित बेनिघाट – आरुघाट – लार्केभञ्ज्याङ अन्तर्गत १८ किलो मिटर सडकखण्ड हस्तान्तरण गरेको छ ।
सेनाद्वारा निर्माणाधीन गोरखा जिल्लास्थित बेनिघाट – आरुघाट – लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत धार्चे गाउँपालिका वडा नं. ७ हावाडाँडादेखि सोही गाउँपालिका वडा नं. ३ स्थित दोभानसम्मको १८ किमि सडकखण्डको ट्र्याक निर्माणकार्य सम्पन्न गरी सोमबार सडक विभागलाई हस्तान्तरण गरेको हो ।
सेनाका बेनिघाट – आरुघाट – लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी विनोद भट्टले सडक विभागअन्तर्गत ११ किलो छेपेटार – भालुस्वाँरा – वारपाक सडक योजना, गोरखाका प्रमुख सीडीई पशुपति ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् ।
२०७३ मंसिर २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भौगोलिक विकटता, मौसमी प्रतिकूलता, कडा चट्टानयुक्त भू–बनोट आदिका कारण उक्त सडकखण्डको ट्र्याक खोल्ने कार्यको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको थियो । सेनाले २०७४ वैशाख ११ गतेबाट ट्र्याक खोल्ने कार्य सुरु गरिएको थियो ।
उक्त सडकखण्डको निर्माणपश्चात् गोरखा जिल्लाको विकट उत्तरी हिमाली क्षेत्रमा पर्ने धार्चे गाउँपालिका तथा चुनमुब्री गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नुका साथै उक्त सडकले समग्र उत्तरी गोरखा जिल्लाको विकासमा महत्वपूर्ण योगदान पु-याउने विश्वास नेपाली सेनाले लिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar