उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका स्थीत् एक सामुदायिक बनमा एक दुर्लभ अजिंगर फेला परेको छ ।
चौदण्डीगढी नगरपालिका – ५, सुन्दरपुरको सगरमाथा सामुदायिक वनमा जिउँदो बोका सर्लक्कै निल्ने दुर्लभ अजिंगर फेला परेको हो । सामुदायिक बनमा फेला परेको उक्त अजिंगरले चराउन लगिएको अन्दाजी आठ किलोको जिउँदो बोका सग्लै खाएर निलेको थियो । ‘सामुदायिक वन क्षेत्रमा स्थानीय किसान कृष्ण दाहालले चराउन लगेको बोका अजिंगरले सग्लै निलेको देखियो,’ , ‘अजिंगरले सग्लै बाख्रा, खसी खान्छ भन्ने सुनेका थियौँ, यसपालि देखियो ।’ प्रत्यक्षदर्शी खेमराज धमलाले बताए ।
वनमा चराउन लगेको बोकालाई सग्लै निलेको देखेपछि प्रहरीलाई खबर गरेको धमलाले बताए । उद्धारको लागि प्रहरीसँगै पुगेका सब डिभिजन वन कार्यालय सुन्दरपुरका सुविदार विनोद भुजेलले आफूले पनि जीवनमा सबैभन्दा ठूलो अजिंगर देखेको बताए । ‘झन्डै चार मिटर लामो, खाएको बोकासहितको तौल २६ किलोजति हुँदो हो,’ उनले भने, ‘हामी बोरामा लगाएर उद्धार गरी अहिले सब डिभिजन वन कार्यालयमै राखेका छौँ । सुरक्षित स्थानमा छोड्ने तयारी छ ।’
वन डिभिजन कार्यालय गाईघाटका प्रमुख अम्बिकाप्रसाद पौडेलले चुरे क्षेत्रमा पहिलो दुर्लभ अजिंगर फेला परेको बताए । उनले भने, ‘अजिंगरले बोका खाइदिएपछि स्थानीयले मार्न खोजेकाले प्रहरी र वनका कर्मचारीले उद्धार गरेका छन् । अब अजिंगरलाई सुरक्षित वन क्षेत्रमा छोड्ने तयारी गरेको उनले बताए ।
उनले चुरेका वन क्षेत्रमा बसोबास गर्ने अजिंगरलगायतका वन्यजन्तुहरू लोप हुँदै जाँदा देखा परेको पनि बताए । ‘वन क्षेत्रमा मानव बस्ती बढेपछि हराउँदै गएको अजिंगर देखिनु कुनै नौलो होइन,’ उनले भने, ‘यसलाई संरक्षण गर्नुपर्छ । यस्ता ठूला ठूला सर्पहरू अपवादमा मात्र भेटिने गरेका छन् ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar