काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन तयार पारेका छन्।
फुट नजिक पुगेको जसपामा मंगलबार आफू निकट भेलाको आयोजना गर्दै पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बनेको भन्दै अध्यक्ष भट्टराईले पार्टी पुनर्गठन के कसरी गर्ने? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार भएको स्पष्ट पारेका छन्। उनले यो बिषयमाथि गम्भीर, सघन र विहंगम विचार, बिमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार बैठक सामू राखेका छन्।
उनले विभिन्न राजनीतिक समूह, आन्दोलनकारी धारा, वैचारिक भावधारा र व्यक्तिव्यक्तित्व मिलेर जसपा निर्माण गरेको स्मरण गर्दै त्यसको औचित्य र आवश्कता झनै टड्कारो भएको बताए। उनले छलफलका लागि आफूहरूसँग दुई वटा विकल्प रहेको बताएका छन्। ‘छलफलका लागि हाम्रा सामु दुई विकल्प हुन सक्दछन। एक – नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने, दुई – विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने’, उनले भने।
‘पार्टीको कानूनी बैधता निरूपण गर्ने आफ्नै प्रक्रिया छ। त्यो काम निर्वाचन आयोग गर्दै गर्ला। पार्टीको आधिकारिक बैधता हामीसँग रहेको वा नरहेको- दुबै अवस्थामा वैचारिक, सैद्धान्तिक, राजनीतिक बैधता भने हामीसँग हुनेछ। समुन्नत संघीय समाजवादको सिद्धान्तमा आधारित प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको वैकल्पिक राष्ट्रिय राजनीतिक दल निर्माण गर्नु, यसको संगठनात्मक शक्ति र आन्दोलनमार्फत् जनताको पहिचान, अधिकार, समावेशीता, सुशासन, आर्थिक विकास, समृद्धि र समाजवादको अपेक्षा पूरा गर्नु जसपाको मूल ध्येय थियो। त्यो ध्येयबाट हामी किञ्चित विमुख भएका छैनौं। हुने पनि छैनौं’, प्रतिवेदनमा अगाडि भनिएको छ।
‘हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ। पार्टी पुनर्गठन के कसरी गर्ने ? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार हो। तसर्थ यो बिषयमाथि गम्भीर, सघन र विहंगम विचार, बिमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार यही बैठक सामु छोड्न चाहन्छु’, उनले भनेका छन्।
बैठकले निकालेका निष्कर्षको आधारमा हामी पुनर्गठित पार्टीको घोषणा – पत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने छौं। सोही बमोजिम यसलाई वैधानिकता दिने प्रक्रिय पूरा हुनेछ।
प्रतिवेदन हेर्नका लागी यहाँ क्लिक गर्नुहोस् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar