• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १६, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

२ दिन अघि
२

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

२ दिन अघि
३

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

३ दिन अघि
४

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

३ दिन अघि
५

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

३ दिन अघि
६

पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

३ दिन अघि
७

नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

३ दिन अघि
८

युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

४ दिन अघि
९

जाजरकोटमा भूकम्पको धक्का महसुस

४ दिन अघि
१०

सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

४ दिन अघि
११

पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस

४ दिन अघि
१२

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता घोषणा हुँदै

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • Prakash Jwala news १

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ४ हफ्ता अघि
  • rajendra sir photo २

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ३

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • United Cement ४

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ४ दिन अघि
  • oli with us ldr ५

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ महिना अघि
  • gagan dai ६

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ महिना अघि
  • gs moters ७

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ दिन अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ५ दिन अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    ‘लिलु’ मा छाउपडी प्रथा : भिडियो सहित

    न्युज डेस्कप्रकाशित मिति: २०७९ अषाढ २८, मंगलबार (२ साल अघि)
  • १२४७ पाठक संख्या
  • lilu

    काठमाडौं – छाउपडी प्रथाविरुद्ध एलपी शर्मा र गौरव गिरीको टिमले ‘लिलु’ गीत बनाएको छ ।

    ‘लिलु’ अछामसहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा कुप्रथाका रुपमा रहेको छाउपडीको कथा बोकेको देउडा गीत हो । यसमा मुख्य पात्र लिलुले पहिलो पटक आफू छाउ भएको सपना देख्छिन् । दोस्रो दिन उनी स्कुल जाँदा आफ्नो साथीलाई सो कुरा सुनाउँछिन् । बाटोमा मन्दिरलाई ढोग्न खोज्दा लिलुकी साथीले छाउको समयमा मन्दिरमा ढोग्न हुँदैन भन्छिन् ।

    लिलुले आफुलाई गाँस, कपास दिए पनि बास नदिएको कुरा गीतमा व्यक्त गर्छिन् । सन् २०१८ को अगस्टमा नेपालले छाउपडीलाई गैरकानुनी घोषणा गरे पनि नेपालमा अझैसम्म पूर्णरुपमा छाउपडी प्रथा हट्न सकेको छैन । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) मा रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ ।

    यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ । तर, यो कानुनले छाउपडीलाई रोक्न सकेको देखिँदैन । सुदुरपश्चिमका जिल्लामा अहिले पनि छाउपडी प्रथा देखिएकै कारण गीत – संगीतबाट भए पनि सन्देशप्रवाह गर्नुपर्छ भन्ने उद्देश्यले शर्मा र गिरीको टिमले छाउपडीकै विषयमा गीत बनाउने निर्णय गर्यो र बन्यो ‘लिलु’ । गीतमा लिलुले एक्लै डर लाग्छ बुवा मलाई रामा साथ दिया भन्दै बेलौँना पोख्छिन् ।

    तर, उनकी आमाले वर्ष, महिना त गयो ४ दिन त यत्तिकै जान्छ, तलाई केही हुँदैन भन्दै सम्झाउन खोज्छिन् । तर ती चेली छाउ बस्दा बलात्कृत हुन पुग्छिन् । उनको मृत्यु हुन्छ । एलपी शर्मा र गौरव गिरीको शब्द रचना रहेको गीतमा पुजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको आवाज छ । रोहित देउवाकै संगीत रहेको गीतलाई एचबिएन किस्मतले एरेञ्ज गरेका छन् । वान डिबी स्टुडियोमा विमल चिनालले रेर्कड गरेको गीतको भिडियोमा रोशनी कार्की, पुजा देवकोटा, लक्ष्मीप्रसाद शर्मा, भद्रजंग कुवँर, मुकेश सुनार, इब्सु सञ्ज्याल र पशुपति कुँवरको अभिनय छ ।

    गौरव गिरीले निर्देशन गरेको गीतको भिडियोलाई राजधानीमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले एक समारोहका बीच सार्वजनिक गरिन् । उनले छाउपडी प्रथा रोक्नका लागि सरकारी तवरबाटै जोड दिनुपर्ने धारणा व्यक्त गरिन् । उनले नेपाली समाजमा अझै पनि छोरा र छोरीबीच भेदभाव रहेकाले दुवैलाई समान रुपमा लिन सबैले आफ्नो घरबाट सुरुवात् गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘गीतमा छाउपडी प्रथाविरुद्धको सन्देश राम्रोसँग प्रवाह भएको छ । यो गीतले समाज परिवर्तनमा भूमिका खेल्ने आशा राख्न सकिन्छ ।’

    रचना गौतमले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठ, मर्यादित महिनावारी अभियन्ता राधा पौडेल, संगीतकार तथा गायक वसन्त सापकोटा, सञ्चारकर्मी डब्बु क्षेत्री लगायतले गीतका बारेमा आफ्ना भनाई राखेका थिए ।

     

  • subhayug
  • छाउपडी प्रथा
  • लिलु गीत
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

  • युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

  • प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

  • नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ


  • समाचार
  • १

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट
    २ दिन अघि

  • २

    युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
    २ दिन अघि

  • ३

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
    ३ दिन अघि

  • ४

    नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ
    ३ दिन अघि

  • ५

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान
    ३ दिन अघि

  • ६

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प
    ३ दिन अघि

  • ७

    नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु
    ३ दिन अघि

  • ८

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम
    ४ दिन अघि

  • ९

    जाजरकोटमा भूकम्पको धक्का महसुस
    ४ दिन अघि

  • १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 
    ४ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ४ दिन अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution