काठमाडौं – राजधानी काठमाडौं आँउदै गरेकी एक युवती ड्राईभरबाटै बलात्कृत भएकी छन् ।
गत शुक्रबार साँझ आफन्तको चिनजानको ट्रिपर काठमाडौं आउँदै गरेकी १७ वर्षिय ति युवती सोहि ट्रिपरका चालकबाट बलात्कृत भएकी हुन् । राति १० बजेतिर चन्द्रागिरि नगरपालिका – ७ थानकोटस्थित नेपाल आयल निगमको डिपो जाने बाटो छेउमा पार्किङ गरी ट्रिपरका चालकले आफुमाथी बलात्कार गरेको युवतीको आरोप छ । ति युवती कलेज पढ्थिन्। काम पनि गर्थिन्। त्यस दिन उनी गाउँबाट सोही रा १ ख २७३४ नं.को ट्रिपर चढेर काठमाडौं आएकी थिइन्। उनलाई आफन्तले चिनजानको ट्रिपर चालक भनी काठमाडौं पठाएका थिए ।
तर थानकोट पुगेपछि चालक दोलखा गौरीशंखर गाउँपालिका ८ घर हुने ३२ वर्षीय ज्ञानबहादुर नेपालीले तेल सकियो हाल्न जाऊँ, पछि गौशाला पुर्याइदिन्छुु भनेका थिए। किशोरी गौशालामा डेरा गरी बस्ने गरेको खुलेको छ । तेल हाल्ने बहानामा उनले थानकोटको डिपो जाने बाटोको छेउमा पार्किङ गरेका थिए। त्यहाँ उनले सहचालकलाई गाडीको टायर जाँच गर्नु भन्ने बहाना बनाएर गाडीबाट पठाए। सहचालक बाहिर गएपछि चालक नेपालीले गाडीको ढोका बन्द गरी आफुमाथि बलात्कार गरेको पिडित युवतीको बयान छ ।
पिडित युवतीको आरोपमा प्रहरीले आरोपित नेपालीलाई पक्राउ गरेको छ । बलात्कार गरेपछि चालक ट्रिपर छाडेर भागेका थिए। बलात्कार गरेको खबर पाएपछि प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयको कमान्डमा टोली खटिएर पीडित किशोरीको उद्धार गरेको थियो। पीडित किशोरीको उद्धार गरी स्वास्थ्य परीक्षणका लागि प्रसूति गृह, थानकोटमा पठाइएको थियो। त्यसपछि चालकको खोजी गर्दा, नेपालीलाई शनिबार बिहान साढे ३ बजे कलंकीमा फेला पारी पक्राउ गरेको काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
मैनालीका अनुसार पक्राउ परेका नेपालीलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ। उनीमाथि अदालतले मुलुकी फौजदारी संहिता २०७४ को करणी सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar