काठमाडौं – ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनमा गठबन्धनबाट अध्यक्षमा भविश्वर शर्मा प्यानलको घोषणा गरिएको छ ।
आईतबार बसेको सत्ता गठबन्धन निकट पर्यटन व्यवसायीको सर्वपक्षीय बैठकले आसन्न निर्वाचनमा गठबन्धनबाट अध्यक्षमा भविश्वर शर्मालाई उम्मेद्धार घोषणा गरेको हो । अध्यक्षका उम्मेदवार शर्माको प्यानलबाट उपाध्यक्षमा सहदेव धमाला, महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा सोजेशमान मालाकार उम्मेदवार रहेका छन् । आगामी असार २९ गते परिषदमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै गठबन्धनका साझा उम्मेदवार भविश्वर शर्मा प्यानलको प्रचारप्रसार समिति संयोजकमा व्यवसायी अर्जुनलाल प्रधान चयन भएका छन् । प्रधान अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्याशी थिए । यद्यपि उनी झिनो मतान्तरले पराजित भएका थिए । हाल उनीसहित सत्ता गठबन्धनमा रहेका सबै दलका पर्यटन व्यवसायीले भविश्वर शर्मालाई समर्थन गरेका छन् । ५१ सदस्यीय प्रचारप्रसार समितिले पूर्णता पाउन अझै बाँकी छ । आइतबार थप छलफलमार्फत समितिलाई पूर्णता दिइने व्यवसायी प्रधानले जानकारी दिए ।
परिषद्को आगामी असार ३२ गते हुने निर्वाचनका लागि प्रचारप्रसारमा कुनै कसर बाँकी नराख्ने पनि व्यवसायी प्रधानले बताए । व्यवसायी प्रधान ठमेल क्षेत्रका प्रभावशाली व्यवसायी मानिन्छन् । उनी नेकपा एकीकृत समाजवादीको विशेष प्रदेश कमिटीका सदस्य समेत हुन् । हाल ठमेल क्षेत्रमा परिषद्को आसन्न निर्वाचनलाई तरंग सिर्जना भएको छ । उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त बनेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar