काठमाडौं – महिलामाथी जबरजस्ती करणी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका १४ घर भएका टिकाराम नेपाली पक्राउ परेका छन् ।
आइतबार साँझ २६ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ ठमेलस्थित होटलमा नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त भएको र खवर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो । अहिले उनीमाथी अनुसन्धान जारी छ ।
अभियुक्त नेपाली नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपालका केन्द्रिय सदस्यसमेत हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar