काठमाडौँ – अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ)को आजदेखि बिक्री खुला भएको छ ।
कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १५ लाख कित्ता सेयरको बिक्री खुलाएको हो । यसमध्ये कर्मचारी र सामूहिक लगनी कोषका लागि छुट्याएपछि बाँकी १३ लाख ९५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ । न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । आफ्नो खाता रहेको बैंक शाखा वा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । सेयर बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ । यसमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
संखुवासभामा कम्पनीले ८.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत १ अर्ब ४२ करोड लाग्ने अनुमान छ । प्रतिमेगावाट लागत १६ करोड ७३ लाख रहने अनुमान छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar