धादिङ – धादिङमा अघोषित लोडसेडिङले उद्योगी तथा व्यावसायीहरुले हैरानी खेप्न बाध्ये बनेका छन्।
गत केहि महिनाअघीदेखी दैनिक रुपमा झ्याप्प झ्याप्प विद्युत जाँदा अधिकांश उद्योगी व्यवसायीसंगै आमसर्वसाधारणहरूको कामकाजमासमेत असर पर्ने गरेको छ । सरकारले भारतलाई अर्वौंको विद्युत बेचेको सगर्व बताइरहँदा धादिङका अधिकांश स्थानमा लोडसेडिङकै झल्को दिने गरी बिजुली काटिने गरेको छ । त्यस्तै अघोषित लोडसेडिङका कारण उद्योग, व्यवसायमै प्रभाव पर्ने गरेको छ भने नागरिकको दैनिकीमा पनि असर पर्ने गरेको स्थानियहरुले बताउने गरेका छन् ।
पटकपटक भइरहने अघोषित लोडसेडिङका कारण साना उद्योगी सबैभन्दा बढी मारमा पर्ने गरेका छन् । विद्युत प्राधिकरण भने जनगुनासो सुन्ने फुर्सदमै छैन । पटक – पटक गुनासो लिएर जाने नागरिकलाइ वर्षायाममा यस्तै हुन्छ भन्दै हल्का – फुल्का जवाफ दिने गरेको स्थानियहरु बताँउछन् । नियमनकारी निकाय प्राधिकरणले टाढाबाट बिजुली आपूर्ति गर्नुपर्दा बिचबिचमा आउने समस्याले गर्दा बिजुली जाने आउने भैरहने बताउने गरेको छ ।
वर्षायाममा ट्रान्समिटर पड्किने, जल्ने, हावाहुरीका कारण तार चुँडिने, बाढी पहिरोले पोल ढाल्ने र न्यून भोल्टेजको बिजुली आउने गरेको प्राधिकरणको भनाइ छ ।
सरकारले प्राकृतिक इन्धनको खपत घटाउन विद्युतीय सामग्री प्रयोगका लागि प्रोत्साहन गरिरहेको छ । तर, नियमित विद्युत आपूर्ति नहुँदासम्म नागरिक यसतर्फ आकर्षित हुन सक्दैनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar