एजेन्सी – लिबियाको संसद भवनमा प्रदर्शनकारीले आक्रमण गरेका छन् ।
राजनीतिक गतिरोध र जिविकोपार्जनको मुद्धालाई लिएर आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले संसद भवनमा आक्रमण गरेका हुन् ।
लिवियाली सञ्चारमाध्यामहरुलाई उदृत गर्दै अलजजिराले जनाएअनुसर पूर्वी शहर तोब्रुकमा रहेको संसद भवनमा शुक्रबार प्रदर्शनकारीहरुले प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन् ।
स्थानीय टेलिभिजनहरुले संसद भवनबाट कालो धुँवा उडिरहेका दृष्यहरु प्रसारण गरेका छन् भने केही अन्तर्राष्ट्रिय टेलिभिजनहरुले संसद भवनको केही भाग जलेको समाचार प्रसारण गरेका छन् । यसअघि शुक्रबार अन्य शहरहरूमा पनि प्रदर्शनहरू भएका थिए । प्रदर्शनकारीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले संसद विघटन र नयाँ चुनावको माग गरिरहेका छन्।
लिबियाले पछिल्ला महिनादेखि विद्युत कटौती मार खेपिरहेको छ भने तेलमा भएको नाकावन्दीले राजनीतिक अस्थिरता निम्तिँदै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar