नुवाकोट – त्रिशूली नदीले बगाएर आमाछोरा बेपत्ता भएका छन्।
शनिबार दिउँसो, आमाछोरालाई त्रिशुली नदीले बगाउँदा बिदुर नगरपालिका – ३ ढोडेनी घर भएका स्थानीय पूर्णलाल श्रेष्ठको छोरा र उनकी श्रीमती बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। ७ वर्षिय युनिक श्रेष्ठ नदी किनारमा खेल्ने क्रममा त्रिशुली नदीले बगाएसँगै उनलाई बचाउन गएकी नजिकै काम गरिरहेकी आमालाइसमेत त्रिशुलीले बगाएको प्रहरी निरीक्षक लक्ष्मी खड्काले जानकारी दिइन्।
छोरालाई बचाउन गएकी ३२ वर्षिय सन्जिता श्रेष्ठलाई समेत त्रिशूली नदीले सिर्खाली भन्ने स्थानबाट बगाई बेपत्ता बनाएकोमा खोजी कार्य जारी रहेको खड्काले बताइन्। उनका अनुसार नदीले बगाएको जानकारी आउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विपत ब्यवस्थापन वेसक्याम्प नुवाकोटको टोली उक्त नदीमा पुगेर खोजतलास कार्य भई रहेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar