धादिङ – जिल्लाको गजुरी गाँउपालिका वडा नं. २ स्थित् चामबासका पहिरो पीडितहरुले सुरक्षित स्थानमा बस्ती सारिदिन जिल्ला प्रशासन कार्यालय धादिङमा ज्ञापनपत्र बुझाएका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय धादिङमा पुगि पहिरो पीडितहरुले सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको माग राख्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साललाई ज्ञापन पत्र बुझाएका हुन् । गत २०७५ सालमा गएको पहिरोबाट चामवास बारविसेका २१ घरपरिवारको ९२ जना प्रभावित छन् । बारबिसेका २१ घरधुरी सबैको व्यथा उस्तै छ । कोही टेण्डमा त कोही पूराना जस्ताको ट्रस्ट बनाएर बस्न बाध्ये भएको पिडितहरुले बताएका छन् । गजुरी गाँउपालिकाको सहयोगमा उनिहरुले अर्काको जग्गा भाडामा लियर अस्थाई टहरा बनायर बस्नुपरेको उनिहरुको गुनाशो छ । यहि वर्ष मात्रै फेरेको टेन्ट पनि हावाहुरीले च्यातिदै गएको उनिहरु बताँउछन् । “पानी परेको बेला टेण्डमा पानी छिरेर बस्ने ठाउँ पनि हुन्न । सर्प, किराफट्याँग्रा लगायतका जनावर पनि टहराभित्रै पस्छ । बालबालिकालाई राख्न सुरक्षित ठाँउ छैन । बस्ने ठेगान छैन, खाने ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् ।” पिडितहरुले बताए ।
बस्तीको गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरुले समेत पटक पटक अवलोकन गरेका छन् । तर स्थायी प्रवन्ध मिलाउन सकेका छैनन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले पटक पटक अनुगमन भएको र प्रक्रिया अघि बढेको बताए । तीन तहको सरकार सहभागी हुनुपर्ने कार्यविधी जटिल भएकै कारण समस्या थपिएको उनको भनाई छ ।
२०७६ साउन ५ गते गजुरी–२, चामबास गाउँ नै पहिरोमा पर्यो । बस्तीका २१ परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो पीडितहरु बारबिसेमा बस्दै आएका छन् । ३ वर्षदेखि टेन्टमा रातदिन विताइरहेका पीडित परिवारलाई सरकारले अहिलेसम्म ठेगाना लगाउन सकेको छैन । ‘३ वर्ष वित्यो । यता गए उता भन्छन्, उता गए यतै पठाउँछ । कहाँ कहाँ जाऔं हामी घुमेको घुमेई भयौं’, मानबहादुर तामाङ पुरै बस्तीको समस्या सुनाउँछन् ।
बस्तीका गरा कान्लाहरुमा परेको चिरा अहिले पनि उस्तै छ । धाँजाहरु पुरिएका छैनन्, झन बढ्दो छ । भुगर्भविद्ले पनि त्यो बस्तीमा पुनस् बस्ती बसाउन मिल्दैन भनेका छन् । २१ परिवारका हरेक घरमा ६र७ जना छन् । एउटा घरमा बच्चाहरु मात्रै २र३ जना छन् । हिउँदको महिना जसोतसो कटाएपनि वर्खा सुरु भएदेखि उनीहरुको विचल्ली छ ।
पहिरो विस्तापित बस्दै आइरहेको बारबिसे बस्तीको गजुरी गाउ“पालिकाले जग्गाभाडा उपलब्ध गराइदिएको छ । तर दिर्घकालिन समाधान हुन सकेको छैन । गाउँपालिकाले भाडा तिरिदिएकोे जग्गावालाले बस्ती छाड्न आग्रह गरेपछि कहा“ जाने, के गर्ने अन्यौलमा छन् । आफूहरुलाई सुरक्षित स्थानमा सारिदिन, जिविकोपार्जनका तालिमहरु प्रदान गरिदिन अहिलेका गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।
बस्ती स्थानान्तरणको माग गर्दै गाँउपालिका अध्यक्षलाई ज्ञापनपत्र
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar