हेटौंडा – बागमती प्रदेशमा मुख्यमन्त्रीको बिषयलाई लिएर सत्ता गठबन्धनमा खैलाबैला मच्चिरहेको बेला राजनीतिमा नयाँ ट्वीस्टको सम्भावना देखिएको छ ।
सहमतीअनुसार मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले पद छाड्न नमानेको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री पाण्डेविरुद्ध बहुमत सांसदको हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुख समक्ष जान लागेका बेला प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले नयाँ कार्ड फालेको छ । श्रोतका अनुसार मुख्यमन्त्री पाण्डेलाई मुख्यमन्त्रीबाट हटाउन काँग्रेस र माओवादीले भुमिका खेलेपछी नेकपा एमालेले भने पाण्डेलाई नै मुख्यमन्त्रीमा यथावत राख्नसक्ने संकेत गरेको छ ।
उता पाण्डेलाई एमालेले साथ दिएमा कांग्रेस र माओवादीले समर्थन फिर्ता लिए पनि उनले विश्वासको मत पाउँनेछन् । एमालेसँग प्रदेशसभामा ४१ सांसद छन् भने नेकपा एसका १३ जना छन् । प्रदेशसभामा बहुमतका लागि ५४ सांसद भए पुग्छ, जुन संख्या एमाले र नेकपा एस मिल्दा पुग्छ । सत्ता गठबन्धन फुटाउँनका लागि एमालेले यो कार्ड फाल्न खोजेको छ ।
एमालेका प्रमुख सचेतक दिपक निरौलाले विश्वासको मतका लागि औपचारिक रुपमा मुख्यमन्त्रीले दल समक्ष सहयोग मागेमा आफूहरुले त्यसमा छलफल गर्न सक्ने बताए । सकेसम्म गठबन्धन दलहरु मिलेरै सरकार चलाउँन् भन्ने चाहना एमालेको रहेको निरौलाले बताए । स्रोतका अनुसार पाण्डेको सरकार जोगाइदिन एमाले तयार छ ।
मुख्यमन्त्रीविरुद्ध संविधान बमोजिम अविश्वास प्रस्ताव ल्याउँन नमिल्ने भएकाले कांग्रेसले समर्थन फिर्ता लिएको जानकारी दिएपछि उनी अल्पमतमा पर्नेछन् र विश्वासको मत लिनुपर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar