काठमाडौं – बुधबार बेलुकातिर एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा फोन बज्यो ।
सचिवालयका सहयोगीहरुले त्यो फोन उठाएपछि फोनमा परिचय आयो – म वामदेव गौतम बोलेको । गौतमले बिहीबार अध्यक्ष ओलीको समय के छ ? भनेर सचिवालयमा सोधे । सचिवालयले ‘अहिलेसम्म त्यस्तो केही आएको छैन’ भनेर जवाफ दियो । त्यसपछि गौतमले आफ्नै शैलीमा भने– म अरु केही कुरा जान्दिन, भोलि (बिहीबार) जसरी पनि अध्यक्षको समय चाहियो । सो अनुसार समय मिलाएका गौतम बिहीबार दश बजे अोली निवास बालकोट पुगेका थिए । उनी साढे १० देखि झण्डै तीन घण्टा समय ओलीसँगै बिताए ।
स्रोतका अनुसार लामो समयपछि गौतम र ओलीले सँगै बालकोटमा लन्च गरे । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि ओली र गौतम यसरी लन्च बैठक भएको थिएन । लामो समयपछि ओलीसँग लन्च बैठक गर्न पाँउदा गौतम प्रशन्न देखिन्थे । एमाले विभाजन भएपछि गौतमले पार्टी एकता अभियान सञ्चालन गर्दै आएका थिए । सो अभियानअन्तर्गत नै गौतमले मंगलबार ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका थिए ।
नयाँ दल घोषणापछि गौतमले ३ महिनासम्म एकताका लागि प्रयास गर्ने र एकता प्रयास सफल नभए नयाँ दल दर्ताको प्रक्रियामा जाने बताएका थिए । सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयासअन्तर्गत गौतमले ओलीलाई भेटेको जानकारी निकट स्रोतले दियो । गौतमले ओलीपछि अन्य नेताहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ।
बालकोट स्रोतका अनुसार पार्टी विभाजनदेखि हाल सम्म र अबको चुनावी रणनीतिका विषयमा समेत छलफल गरेको बुझिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar