धादिङ – उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकामा पहिलो पटक बैंक स्थापना गरिएको छ ।
प्रत्येक स्थानिय तहमा बाणिज्य बैंक स्थापना गर्ने सरकारी निती अन्र्तगत आईतबार धादिङको रुवीभ्यालीमा बैंक स्थापना गरिएको हो । रुवीभ्यालीमा बैंक अफ काठमाडौको शाखा विस्तार गरिएको छ । उक्त बैंकको नवनिर्वाचित गाउँपालिका अध्यक्ष राम सिं तामाङले खाता खोलेर सेवा सुभारम्भ गरेका हुन् ।
रुवीभ्यालीमा पनि बैंक स्थापना भएपछी धादिङको १३ वटै स्थानिय तहमा बैंकीङ सेवा पुगेको छ ।भौगोलिक हिसाबले बिकट रुवी भ्यालिमा बैंक पुगेपछि गाउँपालिकाको योजना भुक्तानी लिन धादिङबेसी झर्नु पर्ने बाध्यता अन्त्य भएको गाउँपालिका अध्यक्ष तामाङले बताए । नयाँ आर्थिक वर्षबाट गाउँपालिकाको सम्पुर्ण आर्थिक कारोबार पनि बैंक अफ काठमाडौबाटै गरिने उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar