धादिङ – नेकपा एकिकृत समाजवादी पार्टी बागमती प्रदेस कमिटी सदस्य खुनराज थापा अस्वस्थ भएका छन् ।
नेता थापा गत असार २ गतेदेखी अस्वस्थ भएका हुन् । उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या देखिएपछि गत असार २ गते नै उनलाई काठमाण्डौस्थीत् त्रि.वि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो।
अहिले उनको स्वास्थ्य अवस्था सामान्ने रहेको उनको परिवारले जनाएको छ । अहिले उनलाई सामान्य वार्डमा राखिएको छ। एक दुईदिनभित्र उनको डिस्चार्ज हुने आफन्तले बताए।
उता थापाले पनि सामाजिक संजाल मार्फत् आफ्नो स्वास्थ्य अवस्था सामान्ने रहेको जानकारी दिएका छन् । उनले लेखेका छन् – ‘मलाई प्रेसरको समस्याले २ गते देखि टिचिङ हस्पिटलमा उपचारत छु । मेरो कारणले अगाडि बढी रहेका कुनै पनी कार्यक्रमहरू निरवाध रुपमा नियमानुसार काम गरिरहनुहोला।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar