धादिङ – धादिङको निलकण्ठ नगरपालिकास्थित् हाँडीखोलामा पुल नहुँदा विद्यार्थीहरुले ज्यान जोखिममा राखेर खोला तर्न बाध्य हुनेगरेका छन् ।
निलकण्ठ नगरपालिका वडा नं। ७ को खानीगाँउमा रहेको हाँडीखोला बर्खा लागेपछी सधैजसो उर्लन्छ । विद्यार्थीहरु सोहि खोला तरेर कर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययन गर्न जानुपर्दछ । तर बर्खायाम लागेपछी बेस्सरी उर्लने हाँडीखोलाका कारण कतिपय विद्यार्थीहरु विद्यालय जानबाटै बन्चितसमेत हुनेगरेका छन् । सामान्य पानी पर्दैमा उर्लियर आउने हाँडी खोला, खहरे खोला हो । उक्त खोला उर्लियपछी पानीको भेलसंगै साना ठुला ढुंगाहरुसमेत बगायर ल्याँउदछ । जसका कारण विद्यालय जाने शिक्षक बिद्यार्थी लगायत स्थानियहरुले समेत शास्ती खेप्न बाद्य छन् ।
विद्यालय जाने बैकल्पिक बाटो नहुँदा धादिङवेशी –सुनौलाबजार – फोस्रेटार सडक मार्गको उक्त खोलाको बाटो भएर हिड्नुपर्ने बाध्यता रहेको विद्यार्थीहरु बताँउछन् । “विद्यालय जान लाग्यो खोर्ला उर्लेको देखेपछी डर लाग्छ, जवरजस्त खोला तर्नलाग्दा पानीले गुल्टायर ल्याएको ढुंगाले लडाउन खोज्छ, कतिपय बेला लड्छौं, लडेपछी भिज्दै विद्यालय जानुपरेको छ । कहिलेकाँही त खोला तर्दा मरिन्छ की भन्ने पनि लाग्छ ।” कर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत् छात्रा चेली अधिकारीले बताईन् । उता सोहि विद्यालयमा अध्ययनरत् सन्तोषी दुवाडी र पुष्पा श्रेष्ठको पनी उस्तै दुखेशो छ ।
उता विद्यार्थीहरुलाई मात्र नभयर स्थानियहरुलाई पनि उस्तै शास्ती खेप्नुपर्ने बाध्यता छ । बर्खा लागेपछी बजार आवत जावत गर्न र खेतबारीमा घाँसपात गर्न जान समेत कष्ट हुनेगरेको उनिहरु बताँउछन् । पानी नपरेको बेला बाटो हेरेर खेतबारीमा घाँसपात गर्न गयो फर्कियर आँदा खोला उर्लियको देखेर कहिले काँही घर जानै समस्या हुनेगरेको स्थानियहरु बताँउछन् । उक्त खोलाकै कारण धादिङवेशी –सुनौलाबजार – फोस्रेटार सडक मार्गमा गुड्ने सवारीसाधनहरुलाई समेत समस्या हुने गरेको छ । उक्त सडक भएर दैनिक साना ठुला गरी करिव ४० वटाजति सवारी साधन गुड्ने गरेका छन् भने उनिहरुले पनि शास्ती खेप्न बाध्ये छन् ।
उता निलकण्ठ नगरपालिका वडा नं। ७ का वडा अध्यक्ष गौतमहरी अधिकारीले पनि उक्त हाँडीखोलाका कारण स्थानिय र व्द्यिार्थीहरुले शास्ती खेप्नुपरेको बताएका छन् । “सदरमुकामबाट आउने पक्कि मोटरबाटो भउपनि उक्त स्थानमा पुल नहुँदा बर्खायाममा खोला तर्न समस्या हुनेगरेको उनले बताए । हिँउदमा ग्याविन जाली र ह्युम पाईप राखेका हुन्छौं, तर बर्खायाममा खहरे खोला बेस्सरी उर्लिन्छ, पानीको भेलसंगै आउने साना ठुला ढुंगाले ह्युम पाईप पनि बगाईदिन्छ, अनि समस्या आउने गर्दछ ।” उनले भने । वडाध्यक्ष अधिकारीका अनुसार उक्त खोलामाथी पक्कि पुल बस्ने भएको छ । उक्त सडककै कारण खोलामाथी पक्कि पुल माग गरिएको छ ।
त्यस्तै नीलकण्ठ नगरपालिकाले भने हाँडी खोलामा पक्की पुल बनाउन र सडक खण्डको बांकी भाग कालोपत्रे गर्नका लागि योजना अघि बढिसकेको दावी गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar