धादिङ – नेपालको मुख्य बाली धान खेती गर्ने समयमा रासायनिक मलको चरम अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल कव्जा गरेका छन् ।
शनिवार धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वठा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल कव्जा गरेका हुन् । सो मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको छ । सशस्त्र प्रहरीले मल कव्जा गर्न रोक्न खोजेपनि उनीहरुको केही सीप लागेन ।
भन्सार छलेको भन्दै राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानले कब्जा गरेर मल घरतिर लगेका हुन् । उनीहरुले झन्डै ५ सय हाराहारी मल घरतिर लगेका छन् ।
भन्सार छलेर ल्याएको मल व्यापारीहरुले महंगो बेच्ने गरेको उजुरीपछि राजश्व विभागले छापा मारेको जनाइएको छ ।
काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar