काठमाण्डौ – नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ ।
बैंकले विभिन्न खातामा आज (असार १ गते, बुधबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । प्रकाशित गरेको उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिनेछ ।
बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०३ प्रतिशत देखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स बचत खाता र मुद्दति खातामा क्रमश ९.०३ र १२.०३ प्रतिशत ब्याज दिने छ ।
त्यस्तै, नयाँ ब्याजदर अनुसार बैंकको आधार दर १०.८९ प्रतिशत रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar