नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेश गरेको छ ।
सो अवसरमा आइतबार राजधानीमा कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उद्घाटन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले गरेका थिए । उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, श्रम सचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायका व्यक्तित्वहरूले विशिष्ट अतिथि वक्ताको रूपमा शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
आइएमई ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शमा पूर्व अध्यक्ष डा. राजेश काजी श्रेष्ठ , माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र आइएमईका संचालक एवम् आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले पनि सम्बोधन गरेका थिए ।
उक्त कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले स्वागत मन्तब्य व्यक्त गनरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपमा अध्यक्ष ढकालले आफैं वैदेशिक रोजगारीमा गएका व्यक्तिले वैदेशिक रोजगारीमै गएका व्यक्तिहरूको सेवाका लागि कम्पनी स्थापना गरी आज ४०/४५ हजारको संख्यामा रोजगारी सिर्जना गरेको जानकारी दिए । उनले एउटा सानो कोठाबाट सुरुवात भएको आइएमईले बिगतमा भोगेका कैयौँ जोखिम एवम् चुनौतीहरूको स्मरण गर्दै अहिले आइएमई रेमिटेन्सको पर्यावाची बनेको देख्दा आफु र आफ्नो टीम प्रशन्न रहेको बताए ।
त्यस्तै, ककार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले ज्ञान, सीप र अनुभवले विशेष अर्थ राख्दछ भन्ने कुराको नमुना आइएमई रहेको बताउँदै रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत नेपाल भित्र्याउन थप सहकार्य गर्न सकिने बताउए । अर्थ सचिव मधुकुमार मरासिनीले आइएमईले रेमिटेन्स संस्कृतिमा सुधार ल्याएको भन्दै एउटा आइडियाले संसार बदल्ने सक्ने बताउए ।
श्रम सचिव एकनारायण अर्यालले पाँच हजार श्रमिक रहेका ठाउँमा आफ्ना सेवाकेन्द्र स्थापना गर्न आइएमई व्यवस्थापनलाई सुझाव दिए । त्यसैगरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले रेमिटेन्ससँग सम्बन्धित विभिन्न डाटा प्रस्तुत गर्दै आइएमई परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङले आफूले आइएमईलाई प्रसव बेदनादेखि नै चिन्दै आएको बताउँदै आफू नै डुबेर कंगाल हुन सक्ने अवस्थासम्मको जोखिम मोलेर ढकाल दाजुभाइले आजभन्दा २२ वर्षअघि आइएमई स्थापना गरेको उल्लेख गरे ।
एक प्रसंगमा डा. गुरुङले अफ्रिकालगायतका देशहरूमा रेमिटेन्स सेवाका लागि आइएमईको जस्तै सेवा कपी गरिएको जानकारी दिँदै ढकाल दाजुभाई र वहाँहरुले नेतृत्व गरिरहेको आइएमई ‘फादर अफ रेमिटेन्स’ भएको बताए । नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष डा. राजेश काजी श्रेष्ठले आजभन्दा २२ वर्षअघि आइएमईको उद्घाटन कार्यक्रममा आफू जान आनाकानी गरेको स्मरण अहिले आइएमईको यो फैलिँदै यो स्वरूप देखेर आफूलाई खुशी लागेको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सन् १९९४ मा क्षेत्रपाटीमा एउटा सानो ग्रोसरी संचालन गरेको व्यक्ति तीन दशक नपुग्दै यो अवस्थामा आइपुग्नु उद्यमशीलताको एक विशिष्ट नमुना भएको बताए । त्यसैगरी आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले अवसरको खोजीमा नेपाली यूवा विदेशिन थालेसँगै उनीहरुले रगत पसिना बगाएर आर्जन गरेको रकम सुरक्षित तवरले आफन्तको हातसम्म पुर्याउन एउटा माध्यम चाहिएको बताए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका सञ्चालक एवम् आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुलुकका खास खास अप्ठ्याराहरूमा आइएमईले आफ्नो सेवालाई प्रभावकारी ढंगले संचालन गरेको सम्मान स्वरूप एउटा भरपर्दो ब्राण्डको रूपमा स्थापित भएको बताए ।
आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले २१औं वर्ष पुरा गर्दैगर्दा धेरै क्षेत्रमा सम्बन्ध स्थापित गर्ने अवसर आइएमईले प्राप्त गरेकाले विदेशमा श्रम गरेर नेपालमा रेमिटेन्स पठाउने आमसेवाग्राहीहरू, व्यवसायिक साझेदार, नियामक निकाय नेपाल राष्ट्र बैंक, हाम्रा सेवा तथा उत्पादनलाई सुसूचित गराइदिने मिडिया सवैसँगको सम्बन्धलाई अझ विस्तार गर्दै आगामी दिनमा झनै परिष्कृत, सरल, प्रविधियुक्त, सुरक्षित र भरपर्दो रेमिटेन्स सेवा प्रवाह गर्नका लागि प्रतिवद्ध रहेको बभन्दै २२औँ वार्षिकोत्सव सम्बन्धको भन्ने मुख्य थीममा आधारित रहेर यो वर्षभरी आफूहरुको कार्यक्रमहरूलाई अगाडि बढाउने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar