काठमाण्डौ – काठमाडौंमा देखिएको फोहोर व्यवस्थापन समस्या सम्बोधनका सवालमा सम्बद्ध निकायबीच सर्वपक्षीय छलफल सुरु भएको छ ।
सहरी विकास मन्त्रालयमा सहरी विकास मन्त्री रामकुमारी झाक्रीसहित सम्बद्ध निकायको उपस्थितिमा छलफल सुरु भएको हो । छलफलमा कांग्रेसका महामन्त्री गगन थापा, कांग्रेस प्रवक्ता प्रकाशशरण महत, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, धादिङका सांसद भुमिप्रसाद त्रिपाठी, बञ्चरेडाँडाँका स्थानीय बासिन्दा लगायतको उपस्थिति छ ।
बञ्चरेडाँडाँमा स्थानीयले फोहोर व्यवस्थापन गर्न नदिँदा काठमाडौंमा फोहोर दिनप्रतिदिन थुप्रिंदै गएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar