धादिङ – पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ ।
आज (शुक्रबार) बिहान ४ बजे इच्छाकामना गाउँपालिकाको मौवाखोलामा काठमाण्डौबाट भारतको सिलगीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले ठक्कर दिँदा सोहि बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दाहालको घटनास्थलमै मृत्यु भएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पताल पठाईएको छ भने बस र बसका चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar