धादिङ – त्रिभुवन राजपथ अन्र्तगतको नागढुङ्गा – नौबिसे खण्डमा सडकको दुराअवस्थाका कारण चालक, यात्रु र स्थानीयले सास्ती खेप्न बाध्य भएका छन् । वर्षौँदेखी सडक मर्मत नहुँदा र सडकमा भएका खाल्डा खुल्डी नटालिँदा उत्पन्न हुने धुलो र धुँवाले मानवीय स्वास्थ्यमा गम्भीर असर त परेको छ नै साथै सवारी जाम र दुर्घटनाको उच्च जोखिमसमेत बढेको छ ।
विषेशगरी नागढुङ्गा – नौबिसे सडक खण्डमा भएका खाल्डाखुल्डीलाई बर्षौँदेखि नटालिँदा र भत्किएको सडकलाई मर्मत नगरिदिँदा सवारी र यात्रु सडक दुर्घटनाको उच्च जोखिममा परेको स्थानियको गुनाशो छ । त्यतिमात्र होईन सडकको खाल्डाखुल्डीकै कारण सवारी साधनले उडाउने धुँलो र धुवाँको कारण सडक छेउमा विभिन्न पेशा र व्यवसाय गरेर बसेका स्थानीयको स्वास्थ्यमा समेत प्रतिकुल असर परेको छ ।
बाटोको छेउमा व्यापार गर्दै आएका उनिहरुलाई राजमार्गमा उड्ने अत्यधिक धँुवाधुँलोले मानविय स्वास्थ्यमासमेत गम्भिर असर परेको उनिहरु बताँउछन् । “सडकको जताततै खाल्डाखुल्डी छ, खाल्डाखुल्डीकै कारण धँुवा र धुँलो उडाउँदै सवारी साधन गुड्छन्, बाटोको छेउमा व्यापार गरेका हामीह?को स्वास्थ्यमा गम्भिर असर परेको छ । विहान ५ बजेदेखी राती १० बजेसम्म धँुवा र धुँलो खाँदै ब्यापार नगरे खाने बाटो छैन, हामी चिन्तामा परेका छौं” सुरुङ्गमार्ग छेवैमा होटल गर्दै आएकी कान्छीमाँया पोखरेलले बताईन् ।
पोखरेलकी अनुसार सुरुङ्गमार्गको काम सुएपछी भत्किएको त्यस सडकमा सडक विभागले पनि खासै ध्यान दिने गरेको छैन । त्यसो त सुरुङ्गमार्गले पनि सडक मर्मतमा चासो दिएको छैन । केहि समयअघीसम्म सुरुङ्गमार्ग र सडक विभागका कर्मचारीलाई उक्त बाटो मर्मतका लागी घच्घच्याँउदा पनि मर्मतमा चासो नदिएपछी आफुहरु बिरक्तिएर बसेको उनको गुनाशो छ ।
समयमा सडक मर्मत नभएका कारण धुँलो उडाउँदै यसरी नै सवारी साधन चौबिसै घण्टा गुड्छन् । सवारी साधनले उडाउने धुँलो धुवाँको कारण सडक छेउमा विभिन्न पेशा र व्यवसाय गर्नेको मात्र नभएर राजमार्ग आसपासका अधिकांश स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर परेको स्थानीय युवा कुशल कोइराला बताँउछन् ।
एता सडकभरी खाल्डा खुल्डी भएका कारण सवारी साधान सहज आवत जावत गर्न नसक्दा घण्टौं सवारी जाम हुने गरेको सवारी चालकहरु बताँउछन् । राजधानी काठमाण्डौसंगै जोडिएको उक्त सडकखण्डमा भएको खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको उच्च जोखिम बढेको सोहि सडक खण्डमा नियमित सवारी साधन चलाउँदै आएका चालकहरुको गुनासो छ ।
सडकको बेहालका कारण पाईने सास्तीको कुनै तुलनै गर्न नसकिने यात्रुहरु बताउँछन् । यात्रालाई सुरक्षित बनाउन सडकको मर्मत संभार गर्न यात्रुहरुले पनि सरकारसंग आग्रह गरेका छन् । सडकको दुरावअस्थाको असर चौतर्फी रहेको उनीहरुको भनाइ छ ।
घाम लाग्दा धुलाम्मे हुने उक्त सडकखण्डमा पानी पर्दा हिलाम्मे र चिप्लो हुने गर्दछ । जसले गर्दा गाडी र मोटरसाईकल चिप्लिएर दुर्घटना हुने जोखिमपनि उत्तिकै बढेको छ । त्यस्तै सडकको खाल्डाखुल्डीले गर्दा सवारी साधन बिग्रने गरेका छन् । गुडिरहेका सवारीसाधन बिच सडकमै बिग्रीदिँदा उक्त क्षेत्रमा दिँनहुजसो सवारी जाम लाग्ने गरेको छ । यात्रुहरुको सहजताका लागी उक्त सडक मर्मतमा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar