काठमाण्डौ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र काठमाडौ महानगरपालिकाको मेयर बालेन साहबीच भेटवार्ता भएको छ ।
मुख्यमन्त्री पाण्डेलाई भेट्न मेयर साह आईतबार बिहानै पाण्डे निवास स्वयम्भू पुगेका थिए । भेटमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापन गर्न चुनौती रहेको बताएका थिए । भेटमा मेयर साहले फोहोर व्यवस्थापनको लागी सहयोग गर्न मुख्यमन्त्री पाण्डेसंग आग्रह गरेका थिए । जवाफमा मुख्यमन्त्री पाण्डेले दीर्घकालीन व्यवस्थापन र अल्पकालीन व्यवस्थापनको बिषयमा जानकारी दिएका थिए ।
बालेनले आफू अझैपनी जनताको माग पुरा गर्ने पक्षमा रहेको र त्यसको लागी आफुलाई ३ महिना समय लाग्ने बताएका थिए । मुख्यमन्त्री पाण्डेले भेटमा काठमाडौ महानगरले गर्ने हरेक सकारात्मक कार्यमा आफू सदैव सहयोग गर्न तयार रहेको बताएको पाण्डेको सचिवालयले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar