अर्घाखाँची – जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् । मतदाताहरुमध्ये दुई तिहाइ एमालेको भएपछि गठबन्धनबाट उम्मेदवारी दर्तासमेत भएको थिएन । यससँगै अब जिल्ला समन्वय समितिको प्रमुखमा एमाले नेता जीवनारायण कोइरालालाई घोषणा गरेको हो । पाणिनी – ५ मैदान निवासी कोइराला एमाले प्रदेश कमिटी सदस्यसमेत हुन् ।
त्यस्तै उपप्रमुख पनि एमाले नेत्री लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित् भएकी छन् । ज्ञवाली छत्रदेव – १ चिदीकी उनी पूर्वमाओवादी नेत्री हुन् । यसैगरी, समन्वय समितिको खु्ल्ला सदस्यहरुमा पाणिनी – ७ का कमल घिमिरे, भूमिकास्थान – ८ का झुपलाल खनाल र सन्धिखर्क – ७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् ।
महिला सदस्यमा मालारानी – ४ की टुल्कादेवी आचार्य , शितगंगा – १० की डालकुमारी भण्डारी र मालारानी – १ की सीता आचार्य निर्वाचित भएकी छिन् । त्यस्तै दलित र अल्पसंख्यक सदस्यमा मीना बिसी परियार चयन भएकी छिन् ।
जिल्लाका छ वटा पालिकामध्ये तीन वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुई वटा पालिकामा उपप्रमुख जितेसँगै एमालेको जित निश्चित भएको हो । समन्वय समिति गठनका लागि आवश्यक १२ मतमध्ये एमालेको ८, नेपाली कांग्रेसको २, राष्ट्रिय जनमोर्चाको १ र नेकपा (माओवादी केन्द्र)को १ मत रहेको छ ।
अल्पमतमा पर्ने भएपछि गठबन्धनले कुनै पदमा उम्मेदवारी नदिएको हो । एमालेले भने २०५४ सालको विरासत फिर्ता लिएको छ । तर, निर्वाचन कार्यालय अर्घाखाँचीले भने निर्विरोध निर्वाचित भएकाहरूको औपचारिक घोषणा गर्न भने बाँकी छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar