काठमाण्डौ – नेपालले खानेपानी तथा सरसफाइ प्रबन्धका लागि विश्व बैंकसँग करिब ९ अर्ब ९५ करोड रुपैयाँ (८ करोड अमेरिकी डलर) ऋण लिने भएको छ ।
विश्व बैंकको बोर्डले शुक्रबार नेपालको उक्त ऋण प्रस्ताव स्वीकृत गरेको हो । ‘यो परियोजनाले स्थानीय तहमा खानेपानी र सरसफाईको प्रबन्ध गर्नका लागि स्थानीय सरकारहरूलाई सशक्तीकरण गर्नेछ । नेपालको संघीयतातर्फको ऐतिहासिक संक्रमणमा सहयोग गर्ने उद्देश्य अन्तर्गत खानेपानी र सरसफाइ पूर्वाधारमा रहेको न्यूनता (खाडल) पूर्ति गर्न विश्व बैंकको सहयोग परिचालन हुनेछ,’ नेपाल, श्रीलंका र मालदिभ्सका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने ।
विश्व बैंकको जल क्षेत्र व्यवस्थापन र पूर्वाधार सुदृढीकरण परियोजना अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशमा रणनीतिक सहर र गाउँपालिकाकामा खानेपानी र सरसफाइका कार्यक्रमहरू कार्यान्वयनमा आउने बताइएको छ । यी दुवै प्रदेशमा खानेपानी र सरसफाइको उपलब्धता न्यून छ भने गरिबी र जलवायु परिवर्तनजन्य जोखिम उच्च छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar