काठमाण्डौ – नेकपा एमालेको अनुशासन आयोगले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै अन्तर्वार्ता दिएको विषयमा स्थायी कमिटी सदस्य घनश्याम भूसालसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
स्थानीय तह चुनावको परिणाम सार्वजनिक भएलगत्तै नेता भूसालले एक टेलिभिजनका लागि दिएको अन्तर्वार्तामा अध्यक्ष केपी ओलीले पार्टी सञ्चालन गर्दा अपनाएको शैली र लिएको नीतिको विषयमा आलोचना गरेका थिए । अनुशासन आयोगका अध्यक्ष केशव बडालले हिमालयन टिभीमा अन्तर्वार्ता दिने एक स्थायी कमिटीका सदस्यलाई स्पष्टिकरण सोध्ने निर्णय भएको बताए ।
‘पार्टीका एक स्थायी कमिटीका सदस्यले हिमालय टेलिभिजनमा दिनु भएको अन्तर्वार्तामा गम्भीर विषयहरु रहेका छन् । त्यस विषयमा विधिवत, संस्थागत रुपमा निर्णय गरेर पार्टी केन्द्रमा पठाएका छौ,’ बडालले भने, ‘एक जनाको मात्रै हो । अन्यको बारेमा नामको समेत चर्चा भएको छैन । यो पार्टीको आन्तरिक विषय हो ।’
अन्तर्वार्ताको क्रममा नेता भूसालले स्थानीय तहको चुनावमा एमालेको कमजोर प्रदर्शनप्रति अध्यक्ष ओलीको नीति र कार्यशैली जिम्मेवार रहेको बताएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar