भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का प्रमुख ईस्तियाक अहमद खाँन नगरको फोहोर व्यवस्थापनका लागि सक्रियताका साथ लागेका छन्।
नगरको फोहोर व्यवस्थापन नगरवासीका लागि ठुलो समस्या बनेको र व्यवस्थापन नहुदाँ नगरवासीले समय समयमा सास्ती समेत खेप्नु परेको छ। फोहोर व्यवस्थापन हुन नसक्दा नगरपालिकाले नगरको फोहोर खुल्ला रुपमा डण्डा नदी छेउमा फाल्ने गरेको छ। ‘ग्रिन, क्लिन र ईन्भोरमेन्ट फ्रेन्डली सिटी’ योजना अनुरुप हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित प्रमुख खाँनले पदभार ग्रहण लग्तै उनी फोहोर व्यवस्थापन र नगरको विकासमा लागेका हुन्।
पदभारग्रहण गरे लगत्तै उनले नगरको फोहोर व्यवस्थापनका लागि जर्मनको टोलीसगँ कार्यालयमै छलफल गरेका थिए। नगरलाई ‘ग्रिन, क्लिन र ईन्भोरमेन्ट फ्रेन्डली सिटी’ बनाउनका लागि नगरको फोहोर व्यवस्थापन निकै आवश्यक छ’ नगर प्रमुख खाँनले भने, ‘फोहोर व्यवस्थापनको समस्या समाधान भए नगरलाई नमुना नगर बनाउन समय लाग्दैन।’उनले थपे – ‘नगरको फोहोर व्यवस्थापन छिट्टै समाधान गर्ने कोशिसमा छु।’
योजना अनुरुप नगर प्रमुख खान नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी सहितको टोलीको साथमा भक्तपुर जिल्लको मध्यपुर थिमी र काठमाण्डौँको गोर्कणेश्वर नगरपालिकाले गरेको फोहोर व्यवस्थापन लगायत संचालित योजनाहरुको अध्ययन र अवलोकन गरेका छन्।
‘मध्यपुर थिमी नगरपालिकामा फोहोरबाट मल बनाउने विधी र गोर्कणेश्वर नगरपालिकामा फोहोरलाई आगो लगाउने विधीको अवलोकन र जानकारी लियौँ’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनीले भने, ‘अन्य स्थानमा पनि फोहोर व्यवस्थापनको विधी हेर्छौ, बुझ्छौँ त्यसपछि अन्तिममा सहज र उचित तरिकाले फोहोर व्यवस्थापन गर्नबारे निर्णय लिन्छौँ।’
नगरको विकास गर्न आवश्यक ठूला योजना र बजेटको लागि नगर प्रमुख खान काठमाडौंसहित विभिन्न स्थानमा अवलोकन र छलफल गरिरहेका छन्। अन्नपुर्णपोष्ट बाट ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar