धादिङ – स्थानिय तह निर्वाचन अन्तरगत आज सिद्धलेक गाउँपालिकाको कार्यपालिका निर्वाचन हुँदैछ ।
केन्द्रको निर्देशन अनुरुप सिद्धलेक गाउँपालिकामा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडा सम्म नै कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले गठबन्धन गरि साझा उम्मेदवारी दिएको भएपनी नेकपा एसले सिद्धलेककमा गठबन्धनलाई धोका दिएको छ ।
निर्वाचन अघि मिलेर जाने र आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसम्म गठबन्धन कायमै राख्ने बताइएपनी
निर्वाचन लगत्तै कार्यपालिकाको चुनाव सम्म आईपुग्दा चिसोपन सुरुभएको देखिन्छ ।
६ जना कार्यपालिका सदस्यका लागि आज हुने सिद्धलेक कार्यपालिकाको निर्वाचनमा एकीकृत समाजवादी र एमाले मिल्ने संकेत देखिएको छ । यसाघी नेपाली काङ्ग्रेस र एमालेले समाजवादी र माओवादीलाई छोडेर जाने प्रपन्छ रचेको थियो । तर त्यो थाहापाएपछी समाजवादीका नेताहरुसङ्ग एमालेले पटक पटक बार्ता बसेको श्रोतको दावी छ ।
उता कांग्रेस र माओवादी सिद्धलेकका नेताहरुले भने समाजवादीले धोका दिएको बताएका छन् । उनीहरुले समाजबादीका नेताहरुले आफुले गरेको लिखित सहमतीलाइ उल्लंघन गरेको समेत जनाएका छन् ।
उता समाजबादीका नेताहरुले भने काङ्ग्रेसले पहिले सहमतीको उल्लंघन गरि आफुहरुलाइ धोका दिएको बताएका छन् । पहिले ४ सिट आफुले लिएर २ सिट एमालेलाई दिने सहमती गरेको स-प्रमाण बाहिर आएपछी एमालेसङ्ग यो किसिमको सहमती भएको समाजबादी पार्टी निकट एक नेताले बताए । “हामी यो निचोडमा पुगीसकेपछी काङ्ग्रेसका नेताहरुले गठबन्धनलाई मिलाएर लैजाऔ, ३ वटै पार्टीले २/२ सिट लिऔ भन्ने प्रस्ताव ल्याउनुभयो, अब बार्ताको समय सक्कियो” उनले भने ।
उता नेकपा माओवादी केन्द्रले भने नेपाली काङ्ग्रेस र समाजवादी दुवैका नेताहरुका कारण कार्यपालिका निर्वाचनमा आएर गठबन्धन भाडिएको बताएको छ ।
“हामी कांग्रेस र माओवादी गठबन्धनका ३ दलले २-२ सदस्य बाँडुम भनेको हो । तर काङ्ग्रेसले पहिले एमालेसङ्ग बार्गेनिङ गरेको कुरो बाहिर आयो, त्यसपछी एमालेले समाजवादीका नेताहरुसङ्ग बार्गेनिङ गरेछन् । अब
एकीकृत समाजवादी र एमाले बीच ३-३ सदस्य लिने गरि सहमति भएको भन्ने जानकारीमा आएको छ” माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार आजै निर्वाचनको समय भएकाले गठबन्धन मिलाउने सम्भावना छैन ।
सिद्धलेकको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका परशु राम खतिवडा विजयी भएका हुन् उनी सँग अहिले कार्यपालिकामा कांग्रेसको २ जना वडा अध्यक्ष र माओवादी केन्द्रको २ जना वडा अध्यक्ष गरी आफु समेत गरि उनी सँग जम्मा ५ सदस्य रहेका छन् ।
उता गठबन्धनबाट उपाध्यक्ष जितेको एकीकृत समाजवादी ३ वडा अध्यक्ष जितेको एमाले सँग निकटता देखिए सँगै अहिले कांग्रेस माओवादी तर्फ ५ जना र एमाले एकीकृत समाजवादी तिर ४ जना देखिएका छन् ।
६ सदस्य चयनका लागि हुने निर्वाचनमा एमाले र समाजवादी मिलेर जित्ने र उपाध्यक्ष सहित बहुमत बनाउने कसरतमा एकीकृत समाजवादी रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar