काठमाण्डौ – चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनामा मात्र नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ।
२०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।सो अवधिमा नेपालले १४ करोड ७५ लाख १५ हजार ८८२ थान फेस्कमास्क आयात गरेको छ । विभागका अनुसार नेपालमा ३७ देशबाट फेसमास्क आउने गरेको छ ।
चीनबाट नेपालमा सबैभन्दा बढी फेसमास्क आएको पछिल्लो दश महिनाको तथ्याङ्कले देखाउँछ । चीनबाट बितेको दश महिनामा ९५ करोड ८ लाख २४ हजार रुपैयाँको १४ करोड २५ लाख ५३ हजार ६३८ थान फेसमास्क नेपालमा भित्रिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar