धादिङ – बेनिघाट रोराङ गाउँपालिकामा निर्वाचित अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले सहिद तथा बेपत्ता परिवारलक्षित कार्यक्रमलाई अघी बढाउने बताएका छन् ।
बुधबार, पदभार ग्रहण गरेसँगै थपलियाले ३ महत्त्वपूर्ण निर्णय गरेका छन् । उनले आफ्नो कार्यकालको पहिलो बैठकबाटै सहिद तथा वेपत्ता परिवारको आयआर्जनका लागि सीपमूलक तथा व्यवसायिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । यद्धपी के कस्ता कार्यक्रम ल्याउने र कसरी ल्याउने भन्नेबारे सम्बन्धित पक्षसंग अन्तरक्रिया र समन्वय गरी अघीबढ्ने उनले बताए ।
त्यस्तै गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि गाउँपालिकाभित्रका बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गर्ने र पालिकाको सबै वडामा मेलमिलाप केन्द्रलाई सवलीकरण तथा अन्य आवश्यक पूर्वाधार तयार गरी महिला तथा घरेलु हिंसामूक्त गाउँपालिका निर्माण गर्ने समेत निर्णय गरेको थपलियाले बताए ।
थपलिया जनयुद्धको क्रममा आफ्नै परिवारबाट बुबा, दाइ र भाइ सहित ३ जना सहिद भएका सहिद परिवार सदस्य हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar